रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान     अब्दुल कलाम आजादले राजमार्ग खनेपछि विवाद उत्पन्न     कागजमा काम गर्न नपाए पछि देवाही गोनाहीका उपमेयर आक्रोसित    
विचार/विश्लेषण

देउवाले भने: कांग्रेसले नजिते देश बर्बाद



विचार/विश्लेषण   2 पटक पढिएको        

कार्तिक १४ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसले नजिते देश बर्बाद हुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा वाम गठबन्धनप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका देउवासहितका कांग्रेस नेताहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन पनि आग्रह गरे।

देउवाले भने: कांग्रेसले नजिते देश बर्बाद


‘कम्युनिष्टहरुले अधिनायकवाद लाद्न खोजिरहेका छन्,’ प्रधानमन्त्री देउवाले भने, ‘कम्युनिष्टहरुको शासन आयो भने देशमा डरत्रासको सिर्जना हुन्छ। रुन पनि पाइन्नँ, अन्याय भो भन्न पनि पाइँदैन। त्यस्तो अवस्था सिर्जना हुन नदिन पनि जनताले कांग्रेसलाई जिताउनुपर्छ।’

‘२००७ सालदेखि हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ,’ देउवाले भने, ‘राणाहरुले निहु खोजे, उनीहरुलाई कांग्रेसले फाल्यो। पञ्चहरुलाई फाल्यो। राजा ज्ञानेन्द्रले अति गरेपछि उनलाई पनि फाल्यो। कांग्रेसले हरेक संकटबाट देशलाई पार लगाउँदै आएको छ।’

उनले वाम गठबन्धनपछि देशमा प्रजातन्त्र खतरामा परेको दाबी गर्दै भने, ‘कांग्रेसले नजिते देश बर्बाद हुन्छ।’

उनले प्रजातन्त्र कसैले खोस्न नसक्ने स्थिति ल्याउन र डरत्रासमुक्त शासनव्यवस्थाका लागि कांग्रेसलाई जिताउनुको विकल्प नरहेको पनि दाबी गरे।

नेपालमा कांग्रेस मात्रै हिमाल, पहाड र तराईलाई मिलाएर लैजानसक्ने पार्टी भएको दाबी पनि देउवाले गरे।

‘अन्तर्राष्ट्रिय जगतले पनि विश्वास गरेको पार्टी कांग्रेस मात्रै हो,’ देउवाले भने, ‘त्यसैले मुलुकको विकास गर्न र आर्थिक समृद्धि ल्याउन कांग्रेसलाई जिताउनुहोस्।’

‘कम्युनिष्टहरुले राजनीतिक व्यवस्था माथि नै प्रश्न उठाए’
कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेले कम्युनिष्ट पार्टीहरुले वामपन्थी गठबन्धन गरेर विद्यमान राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाएको आरोप लगाए।

‘संविधान जारी गर्दा पनि असन्तुष्टि जनाउनेहरु थिए। तर उनीहरुले राजनीतिक व्यवस्थामाथि प्रश्न उठाएका थिएनन्,’ नेता पौडेलले भने, ‘तर वामपन्थी गठबन्धनले व्यवस्थामाथि नै प्रश्न उठाएको छ, संविधान नै बदल्ने कुरा गरेर साँठगाँठ गरेका छन्।’

पौडेलले कम्युनिष्टहरुको यस्तो प्रयासलाई आफ्नो पार्टीले सफल हुन नदिने बताए।

‘पहिले राणा र पञ्चहरुको आवरणमा तानाशाही लादिन्थ्यो, अब कम्युनिष्टहरुले तानाशाही लाद्न खोज्दैछन्,’ पौडेलले भने, ‘तर जुनसुकै आवरणमा भएपनि कांग्रेस यसको विरोधमा छ। हामी यो हुन दिँदैनौँ।’

‘परिवर्तन भनेको खहरे खोलाजस्तो होइन, यो त शान्त, सलल बगिरहेको नदीजस्तो हुन्छ। देशमा समृद्धि पनि कांग्रेसको नेतृत्वमा त्यही गतिमा आउँछ,’ पौडेलले थपे।

‘कम्युनिष्ट शासन ल्याउन दिँदैनौँ’
अर्का नेता डा. शशांक कोइरालाले पनि कम्युनिष्ट गठबन्धनविरुद्ध लड्न कांग्रेस एक भएको बताए।

‘कम्युनिष्टहरु कांग्रेसविरुद्ध लड्न एक ठाउँमा उभिएका छन्। त्यसकारणले हामी पनि एक भएका छौँ। उनीहरुले सोचेजस्तो कम्युनिष्ट शासन ल्याउन हामी दिँदैनौँ,’ कोइरालाले भने।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2653245 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top