रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

नेपाल-चीन नाकामा अत्याधुनिक निगरानी उपकरण



राजनिति   25 पटक पढिएको        

बेइजिङ, कार्तिक १४ चीनले नेपालसँग सीमा जोडिएको तिब्बतको खासामा अत्याधुनिक निरीक्षण उपकरण जडान गरेको छ। चीन–नेपाल सीमा क्षेत्रको तिब्बती, खासा सीमा सुरक्षा जाँचबुझ केन्द्रले वैज्ञानिक प्रविधि नियन्त्रित मानवरहित उपकरण जडान गरेको हो। यसले रातको समयमा पनि अवलोकन गर्न सक्छ।

 नेपाल-चीन नाकामा अत्याधुनिक निगरानी उपकरण


यसमा ठूलो डाटा क्लाउड कम्प्युटिंग जस्ता अत्याधुनिक उपकरण जोडिएको छ। ने ला मू सीमा चेकप्वाइन्ट सूचना विज्ञान प्रमुख अधिकृत छन स्याउछिङले भने, ‘आपतकालीन प्रणालीका लागि विद्युतीय तार जोडिराख्नु जरूरी छैन, विभिन्न मोनिटरिङ प्वाइन्टमा जडान गरे पुग्छ। नाइट भिजन फङ्सन भएकाले धेरै टाढा टाढासम्मको तस्वीर केन्द्रसम्म आइपुग्छ।’

’अब ने ला मू सुरक्षा जाँचबुझ केन्द्रले ठूलो डाटा क्लाउड कम्प्युटिंगलाई प्रयोग गर्दै चेतावनी क्षमतालाई सबल पारेको छ‘’, छनले भने, ‘सीमाको अत्याधुनिक प्रविधि नियन्त्रणबाट जाँचबुझ केन्द्रका पदाधिकारी तथा सेनाको काममा दवाव पनि कम हुनेछ। थप प्रभावकारी ढंगले सीमाक्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सकिनेछ।’

२०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्पका बेला त्यस क्षेत्रका अधिकांश क्यामरा निगरानी उपकरणहरू क्षतिग्रस्त भएका थिए।

ने ला मू सुरक्षा जाँचबुझ केन्द्रले नयाँ अत्याधुनिक वैज्ञानिक प्रविधियुक्त क्यामराबाट निगरानी गर्न सकिने उपकरण राखेपछि सुरक्षामा सहयोग पुग्ने अपेक्षा छ।

निगरानी उपकरण जोडिएको क्षेत्र तिब्बतको सिगात्से शहरको ने ला मू जिल्ला चीन–नेपाल सीमा व्यापारको पूरानो नाका नाका हो।

भूकम्पपछि भने खासा–तातोपानी ब्यापार नाका बन्द रहँदै आएको छ। तर त्यस क्षेत्रमा तस्करी र चीन विरोधी गतिविधि मौलाएकाले अहिलेसम्म पनि नाका नखोलिएको कतिपयको बुझाई छ।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272956 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top