पत्नी र बहिनीसहित कस्मेटिक फ्याक्ट्री पुगे किम जोङ उन /* - - - Script for Auto Navigation - - - */

पत्नी र बहिनीसहित कस्मेटिक फ्याक्ट्री पुगे किम जोङ उन

कार्तिक १३


उत्तर कोरियाली नेता किम जोङ उनले आणविक हतियार निर्माण तथा क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरिरहेको फोटो बारम्बार सार्वजनिक भइरहन्छ। तर यसपटक उनले श्रृंगार सामग्री बनाउने कारखानाको भ्रमण गरेका छन्, त्यो पनि सार्वजनिक रुपमा विरलै देखिने उनकी पत्नी र बहिनीसहित।




आइतबार उत्तर कोरियाली सञ्चारमाध्यमले किमकी पत्नी री सोल जु र बहिनी किम यो जोङसहित उनले श्रृंगार सामग्री बनाउने कारखानाको भ्रमण गर्दै गरेको फोटो सार्वजनिक गरेको हो।

उत्तर कोरियामा नाकाबन्दीका कारण विदेशी विलासी सामग्री जान पाउँदैनन्। त्यसैले उत्तर कोरियाली जनतालाई आवश्यक पर्ने यस्ता सामग्री उत्पादनमा जोड दिइँदै आएको छ। यसै क्रममा उत्तर कोरियामा निर्मित बोमयांगी र उनहासुजस्ता श्रृंगार सामग्रीका ब्राण्डहरु त्यहाँको जनसंख्यामाझ चर्चित बनेका छन्।

‘प्योङयोङ कस्मेटिक फ्याक्ट्री’ भ्रमणको क्रममा किमले ‘विश्वस्तरीय श्रृंगार सामग्री’ उत्पादन गरेकोमा सो कम्पनीको प्रशंसा समेत गरेको जनाइएको छ। 

सो भ्रमणमा किम–पत्नी री सोल जु ‘स्टाइलिस’ श्यामस्वेत पहिरनमा देखिएकी छन्। फोटोमा उनकी बहिनी किम यो जोङ नदेखिएपनि उनी सो भ्रमणमा संलग्न रहेको जनाइएको छ।

किमले केहीअघि बहिनीलाई पार्टीको पोलिटब्युरोमा बढुवा गरेका थिए।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108364 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top