रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

प्रदेश र प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र अलग-अलग छाप्दै आयोग



राजनिति   92 पटक पढिएको        

काठमाडौं, कार्तिक १२ निर्वाचन आयोगले मंसिर १० र २१ मा गरी दुई चरणमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र अलग-अलग छाप्ने तयारी गरेको छ। सर्वोच्च अदालतले दिएको आदेशलाई मान्दै आयोग अन्ततः प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र अलग-अलग छाप्ने निर्णयमा पुगेको हो।

प्रदेश र प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतपत्र अलग-अलग छाप्दै आयोग


निर्वाचन आयोगले आइतबार दिउँसो आयोगका कानुनी सल्लाहकार र नायव महान्यायाधिवक्ता किरण पौडेलसँग अदालतको आदेशपछि अब के गर्ने भन्ने विषयमा परामर्श गरेको थियो। उनीहरुसँगको परामर्शपछि आयोग अलग-अलग मतपत्र छाप्ने निर्णयमा पुगेको आयोगका एकजना आयुक्तले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार भोलि सोमबार कार्यालय समय सुरु हुनासाथ सर्वोच्च अदालतमा जवाफ पेश गरिने छ। अदालतमा जवाफ पेश गरे लगत्तै आयोग पदाधिकारीको बैठक बसेर प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र अलग अलत छाप्ने निर्णय लिइने उनले बताए।

तर, आयोगका प्रवक्ता नवराज ढकालले भने सर्वोच्चमा जवाफ पेश गरेपछिमात्रै आयोगले निर्णय लिने बताए। ‘भोलि जवाफ अदालतमा पेश भएपछि आयोग निर्णयमा पुग्छ,‘उनले भने,‘अदालतको आदेशलाई सम्मान गर्दै आयोगले उचित निर्णय लिन्छ।’

यसअघि आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र अलग अलग छाप्दा निर्वाचन निर्धारित मितिमा गराउन सम्भव नहुने भन्दै एउटै मतपत्रमा निर्वाचन गराउने निर्णय गरेको थियो। तर, कात्तिक ८ गते सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीले निर्वाचन आयोगसँग प्रदेश र प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मतपत्र अलग अलग छाप्नेबारेको प्रगति विवरण तीन दिनभित्र पेश गर्न आयोगलाई आदेश दिएका थिए।

अदालतको आदेशपछि मतपत्र छपाइको काम सुरु नभई रोकिएको थियो। राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले सर्वोच्चले दिएको आदेश निर्वाचन आयोगले कार्यान्वयन नसेको भन्दै अवहेलना मुद्दा दायर गरेका थिए।

अवहेलना मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधीश शाहीले अघिल्लो आदेशलाई पुष्टि गर्दै न्यायाधीश शाहीको इजलाशले निर्वाचन आयोलाई मतपत्र अलग अलग छाप्ने कामको प्रगति विवरण मागेका हुन्।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271588 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top