कांग्रेस निभ्ने बेलाको बत्तिजस्तैः ज्ञवाली /* - - - Script for Auto Navigation - - - */

कांग्रेस निभ्ने बेलाको बत्तिजस्तैः ज्ञवाली

काठमाडौं, कार्तिक १२


नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वाम गठबन्धनका कारण कांग्रेस हतास मानसिकतामा पुगिसकेको बताएका छन्। आइतबार एमाले र माओवादी केन्द्रका सम्पर्क मञ्चहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै सचिव ज्ञवालीले कांग्रेस कम्युनिस्टहरुले अधिनायकवाद ल्याउन खोजे भन्दै हौवा पिटाइरहेको आरोप लगाए।



 उनले कांग्रेस निभ्न लागेको बत्तिजस्तै भएको भन्दै वाम जनमत भत्काउन लागिपरेको बताए।

वाम गठबन्धनपछि आम जनतामा नयाँ खालेको तरङ्ग पैदा भएको र गठबन्धनका पक्षमा जनमत देखिएपछि अधिनायकवादको हल्ला फैलाएर जनमत विगार्न लागेको आरोप लगाए।

परिवर्तन र रुपान्तरणको आन्दोलनमा सबैभन्दा बढी बलिदानी कम्युनिस्टहरुले गरेको र सरकारमा रहँदा पनि राम्रो काम कम्युनिस्टले नै गरेको दावी गरे। उनले भने, ‘कम्युनिस्टहरु लामो समय सरकारमा रहन पाएनन्, छोटो समय रहे पनि जनतामा छाप छोड्ने काम गरेका छन्।’

सचिव ज्ञवालीले वाम एकताको प्रक्रिया निकै अगाडि बढीसकेको भन्दै एकताबाट भाग्ने छुट कसैलाई पनि नभएको बताए। वाम एकता सत्ता प्राप्तिका लागि नभएर देश र जनताको संमृद्धिका लागि भएका कारण सबैले यसलाई इमान्दारितापूर्वक पालना गर्नुपर्ने बताए।

उनले मतपत्र फरक फरक भएपनि चुनाव हुन नदिनका लागि बदमासी गरिएको आरोप लगाए। ‘दुईवटा मतपत्रमा ४ फरक फरक खण्ड छन, यस्ता बदमास प्रश्नहरुमा अल्झेर चुनाव भाँड्ने षड्यन्त्र हुँदै छ’, उनले भने।

एमाले र माओवादीका बीचमा पहिले केही तिक्तताहरु रहेपनि अबका दिनमा त्यसलाई हटाएर अगाडि बढ्नुपर्ने उनको धारणा थियो।

एमाले सचिव गोकर्ण विष्टले जनताको आर्थिक समृद्धि र सवल राष्ट्र निर्माणका लागि वाम एकता भएको बताए । नेपाली कम्युनिष्ट विभाजीत गरेर जनतालाई सँधै गरीब राख्ने एउटा वर्ग क्रियाशील रहेकोले गरिबी र बेरोजगारी अन्त्यका लागि कम्युनिष्ट एकता अनिवार्य भएको बताए।

‘खान लगाउन नपाएका जनताको नेतृत्व जबसम्म कम्युनिष्टले गर्दैनन् तवसम्म देशको आर्थिक समृद्धि हुँदैन’, उनले भने।

माओवादी केन्द्रका नेता दिनेश पन्थीले आर्थिक समृद्धिकै लागि वाम गठबन्धन अपरिहार्य भएको बताए। उनले नयाँ जनवादी क्रान्तिका धेरै कार्यभार आफ्नै ढँगले पूरा हुँदै गएको र अहिले जनवादी क्रान्तिका कामहरु पूरा गर्न बाम एकता भएको बताए । ‘अहिले किसान मजदुरको नेतृत्वमा जनवादी व्यवस्था नआए पनि समाजवादी आन्दोलनबाट पूँजीवादी क्रान्ति पूरा गर्न यो एकता हो’ उनले भने।

नेपालमा जति एकताको कुरा गर्दै गयो त्यति कम्युनिष्ट आन्दोलन विभाजन हुँदै गएको अवस्थामा एमाले माओवादीले जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्न ईमान्दारीता साथ अगाडि बढ्नुपर्ने बताए।

माओवादीका अर्का नेता सुदर्शन बरालले वाम एकता देश विकासको सूत्र भएको बताए । उनले यो कुनै पार्टीमा विलय नभई समाजवादी क्रान्तिको मोडल भएको बताए। ‘यो न कुनै माओवादीको एमालेमा विलय हो न एमालेको माओवादीमा, यो त समाजवादी क्रान्तिको मोडल हो’, उनले भने।

 



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868460 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top