रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
विचार/विश्लेषण

महन्थ ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैन: यादव



विचार/विश्लेषण   1 पटक पढिएको        

विराटनगर, कार्तिक १२ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले र माओवादी केन्द्रका बीचको वाम गठबन्धन राष्ट्रविरोधी नभएको बताका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष यादवले वाम गठबन्धनको भविष्य उसले गर्ने कार्यमा निर्भर रहेको बताए।

महन्थ ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैन: यादव


‘एमाले माओवादी गठबन्धन राष्ट्र विरोधी होइन्’, उनले भने, ‘गठबन्धनले लोकतन्त्रलाई संस्थागत गरेर सामाजिक विभेद अन्त्य ग¥यो भने मात्रै यसको औतित्य पूर्ण हुन्छ।

उनले सत्ता प्राप्त मात्रै गर्नका लागि गठबन्धन बनाएको भए त्यसले लोकतन्त्रलाई झनै घाटा पु¥याउने दावी गरे।

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैन

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको स्पष्टिकरण दिएका छन्।

राजपा र फोरम नेपालले दुई नम्बर प्रदेशको मुख्यमन्त्रीमा राजपाका संयोजक ठाकुरलाई प्रस्तव गरेको भन्ने चर्चाको खण्डन गर्दै उनले प्रदेशको निर्वाचनपछि मात्रै मुख्यमन्त्री को हुने भन्नेबारेमा छलफल हुने बताए।

उनले भने, ‘दुई नम्बर प्रदेशको मुख्यमन्त्रीमा राजपाका संयोजक महन्थ ठाकुरको चर्चा चले पनि त्यसबारेमा औपचारिक छलफल भएको छैन।’

कांग्रेस लचिलो भए गठबन्धन

अध्यक्ष ठाकुरले लोकतान्त्रिक मोर्चाका विषयमा तालमेलको चर्चा चले पनि त्यसले औपचारिकता नपाएको स्पष्ट पारे। ‘नेपाली कांग्रेससँग हाम्रो विचार र नीति मिल्दैन’, उनले भने, ‘निर्वाचनका लागि तालमेल गर्न पनि कांग्रेस आफ्नो हठ छाडेर लचिलो भए मात्रै सम्भव छ।’

अध्यक्ष यादवले प्रदेश नं २ मा राजपालाई संघीय सदस्यमा १५ र प्रदेशमा ३१ स्थान छाड्ने सहमति पार्टीमा भएको जानकारी दिँदै नेपाली कांग्रेससँग पनि चुनावी सहकार्य भएमा स्थान घटबढ हुने बताए।

संशोधनको छिनोफानो निर्वाचनबाटै

अध्यक्ष यादवले फोरम नेपालले संविधान संशोधनको मागलाई नछाडेको बताए। निर्वाचनलाई पनि पार्टीले आन्दोलनकै एक भागको रुपमा उपयोग गरेको भन्दै उनले संविधान संशोधनको छिनोफानो निर्वाचनबाटै हुने बताए।

एक फरक प्रसंगमा उनले आफू अहिलेसम्म कहाँबाट उठने भन्ने टुंगो नभइसकेको बताए। उनले भने, ‘पार्टीले विभिन्न ठाउँबाट सिफारिस गरे पनि मोरङ, सुनसरी र सप्तरीमध्ये कहाँ उठने भन्ने बारेमा टुंगो भएको छैन।’

अध्यक्ष यादवले आफ्नो पार्टी तोकिएकै समयमा प्रदेश र संघको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको भन्दै निर्वाचनको मिति सारिए ठूलो दुर्घटना हुने बताए। उनले निर्वाचन आयोगलाई स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन गराउन आग्रह समेत गरे।

 










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272430 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top