रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

राजपा र फोरमसँग कांग्रेसको चुनावी गठबन्धन नहुने पक्का



राजनिति   195 पटक पढिएको        

काठमाडौं, कार्तिक १२ मधेस केन्द्रित संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग नेपाली कांग्रेसको औपचारिकरुपमा चुनावी गठबन्धन नहुने लगभग पक्का भएको छ। तर, आवश्यकता अनुसार केही ठाउँमा भने आवश्यकता अनुसार कांग्रेस र राजपा– फोरम नेपालसँग तालमेल हुन सक्नेछ। लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जान बनाइएको पाँच दलीय कार्यदलको बैठक नियमित रुपमा बस्दै आएको छ।

राजपा र फोरमसँग कांग्रेसको चुनावी गठबन्धन नहुने पक्का


कार्यदलस्तरमा लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाने सहमति भएपनि निर्वाचन क्षेत्र बाँडफाँडका विषयमा भने कुरा मिल्न सकेको छैन। गठबन्धनमा आबद्ध भएका राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग कांग्रेसको चुनावी गठबन्धन भइसकेको छ। त्योसँगै क्षेत्र बाँडफाँडको कुरा पनि मिलिसकेको छ।

तर, गठबन्धनमा रहेको राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालसँग भने कार्यदल र शीर्ष तहमा पनि क्षेत्र बाँडफाँडका विषयमा कुरा मिल्न सकेको छैन।

राजपा र संघीय समाजवादी फोरम नेपालले चुनावी गठबन्धन गर्दा आफूहरुलाई प्रतिनिधि सभाको १ सय ६५ मध्ये कम्तिमा ५५ सिट र प्रदेश सभाका३ सय ३० सिटमध्ये १ सय १० सिट दिनु पर्ने माग राख्दै आएको छ।

१ सय ६५ निर्वाचन क्षेत्रमध्ये ५५ सिट दिन कांग्रेस सहमत भएपनि दुई नम्बर प्रदेशका ८ जिल्लाका ३२ प्रतिनिधि सभा र ६४ प्रदेश सभाको सिट बाँडफाँडबारे कुरा मिल्न सकेको छैन।

राजपा र संघीय समाजवादी फोरमले दुई नम्बर प्रदेशको ३२ वटा प्रतिनिधि सभा सिटमध्ये २४ सिट पाउनु पर्ने प्रस्ताव राखेका छन्। त्यसमा कांग्रेस सहमत छैन। दुई नम्बर प्रदेशको ३२ मध्ये एक सिट कांग्रेसले यसअघि नै चुनावी गठबन्धनका विषयमा सहमति हुँदा राप्रपालाई दिइसकेको छ।

कांग्रेसले दुई नम्बर प्रदशेको ३२ सिटमध्ये ३१ सिटको बाँडफाँड गर्दा राजपा र संघीय समाजवादी फोरमलाई बढीमा १५ सिट दिन सकिने बताएको छ। कांग्रेसको यो प्रस्ताव राजपा र संघीय समाजवादी फोरमले स्वीकार गरेका छैनन्।

तराई मधेस आफ्नो भोट व्याङ्क भएकाले राजपा–संघीय समाजवादी फोरमको प्रस्ताव मान्न कांग्रेस कुनै हातलमा तयार भएको छैन।

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले चुनावी गठबन्धनमा विषयमा अझै कांग्रेससँग कुरा मिल्न नसकेको बताए। नेपालखबरसँग कुराकानी गर्दै यादवले भने, ‘तालमेलको कुरा चलिरहेको छ। तर, सहमति हुन सकेको छैन।’

यादवले आफूहरुले राजपा र संघीय समाजवादी दुवै दलका तर्फबाट संयुक्तरुपमा कम्तिमा ५५ सिट प्रतिनिधि सभामा र ११० सिट प्रदेश सभामा पाउनु पर्ने मागसहितको प्रस्ताव बुझाएपनि त्यसबारे सहमति जुट्न नसकेको बताए।

उनले दुई नम्बर प्रदेशका ३२ निर्वाचन क्षेत्रका विषयमा पनि कुरा मिल्न नसकेको बताए।

‘हामीले दुई नम्बर प्रदेशका ३२ प्रतिनिधि सभामध्ये २४ र ६४ प्रदेश सभामध्ये ४८ सिट माग गरेका हौं। तर, त्यसमा पनि सहमति जुटिसकेको छैन,’उनले भने,‘कांग्रेससँग चुनावी गठबन्धनको सम्भावना कमजोर हुँदै गएको छ।’

संघीय समाजवादी फोरम नेपालका नेता डा. शिवजी यादवले पनि कांग्रेसको चुनावी गठबन्धन गर्नेबारे कुरा मिल्न कठिन देखिएको बताए। भने, ‘हामीले दाबी गरेका सबै निर्वाचन क्षेत्र दिन कांग्रेसतयार छैन। त्यसैले गठबन्धन हुने सम्भावना कम हुँदै गएको छ ।’ टिकट बाँडफाँटमा मुख्य समस्या २ नम्बर प्रदेशमा नै देखिएको उनले बताए। 

कांग्रेसले राजपा र संघीय समाजवादी फोरमले दुई नम्बर प्रदेशमा आफ्नो हैसियतभन्दा बढी दाबी गरेको बताउँदै आएको छ। कांग्रेसले दुई नम्बर प्रदेशमा राजपा र संघीय समाजवादीलाई कम्तिमा १५ सिट र बढीमा १७ सिट दिन सकिने बताएको छ।

तर, राजपा र संघीय समाजवादीले भने २४ सिटमै अडान राखिरहेकाले कुरा मिल्न नसकेको कांग्रेसका तर्फबाट कार्यदलमा सहभागी एक नेताले बताए। नेपालखबरसँग कुराकानी गर्दै उनले भने,‘राजपा र संघीय समाजवादीले माग गरेजति कांग्रेसले दिन सक्दैन। त्यसैले गठबन्धनको सम्भावना तत्काल देखिएको छैन।’

कांग्रेसले केही निर्वाचन क्षेत्रमा भने आवश्यकता अनुसार एकले अर्कालाई सघाउने प्रस्ताव राजपा र संघीय समाजवादीसँग गरेको छ। कांग्रेसको यस्तो प्रस्तावमा राजपा–संघीय समाजवादी फोरम पनि सकारात्मक देखिएका छन्।

कांग्रेसको लोकतान्त्रिक गठबन्धनमा दुई राप्रपामात्रै

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राप्रपा र राप्रपा प्रजातान्त्रिकमात्रै रहने पक्का भएको छ। राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग भने कांग्रेसको चुनावी गठबन्धनका विषयमा कुरा मिलिसकेको छ। गठबन्धनबाट राजपा र संघीय समाजवादी फोरम बाहिरिएपछि राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग मात्र कांग्रेसको चुनावी तालमेल हुनेछ।

कांग्रेसले राप्रपालाई प्रतिनिधि सभामा ७ र राप्रपा प्रजातान्त्रिकले प्रतिनिधि सभाका लागि पाँच सिट दिने सहमति गरिसकेको छ। सहमतिसँगै राप्रपाले प्रतिनिधि सभाका लागि पाँच जना उम्मेदवारको नाम टुंगो लगाइसकेको छ।

राप्रपाले मकवानपुर–२ मा पार्टी अध्यक्ष कमल थापा, पर्सा–२ मा उपाध्यक्ष राजीव पराजुली, झापा–३ मा महामन्त्री राजेन्द्र लिङ्देन, दैलेख १ मा कुन्तीकुमारी शाही र काठमाडौँ–७ मा विक्रम थापालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

कांग्रेससँग चुनावी गठबन्धन हुने सहमति भएसँगै पहिलो चरणमा मंसिर १० मा हुने निर्वाचनमा राप्रपाले प्रदेश सभाका लागि धादिङ (ख) बाट सोनाम तामाङ, बैतडी (ख) बाट गणेश चन्द, म्याग्दी (क) बाट भीमप्रसाद गौचनलाई उम्मेदवार बनाएको छ।

सहमतिसँगै राप्रपा प्रजातान्त्रिकले पहिलो चरणको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि अध्यक्ष पशुपतिशम्शेर जबरा सिन्धुपाल्चोक–२ बाट उम्मेदवार बनिसकेका छन्।

राजपा र संघीय समाजवादीबीच सिट बाँडफाँडमा सकस

राजपा र संघीय समाजवादी फोरमभित्र पनि निर्वाचन क्षेत्र बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ। दुई दलबीच चुनावी गठबन्धन हुने सहमति भएपनि सिट बाँडफाँडमा समस्या देखिएको हो।

स्थानीय तह निर्वाचनको मतपरिणामलाई आधार मानेर गरिएको जोडघटाउमा संघीय समाजवादी फोरम १७ र राजपा १५ सिटमा अघि देखिएका छन्।

राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवले दुई दलबीच सिट बाँडफाँडका विषयमा छलफल भइरहेपनि निष्कर्षमा पुग्न नसकिएको बताए।

राजपाले प्रतिनिधि सभामा १५ र प्रदेश सभामा ३१ सिट तथा फोरमले प्रतिनिधि सभाका लागि १७ र प्रदेशमा ३३ सिट पाउने सैद्धान्तिक सहमति भएपनि निर्वाचन क्षेत्र बाँडफाँडमा भने कुरा मिल्न नसकेको हो।

राजपा र संघीय समाजवादी फोरम दुवै दलले एउटै निर्वाचन क्षेत्रमा दाबी गरेपनि बाँडफाँड टुंगो लाग्न सकेको छैन।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    33    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2366756 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top