रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

प्रचण्डले देवी ज्ञवालीसँग भने: तपाईंको राजनीतिक संस्कारबाट हामीले पाठ सिक्नु पर्छ



राजनिति   200 पटक पढिएको        

नेपालखबर कार्तिक ८ भरतपुर महानगरपालिकामा पराजित एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार विहान आकस्मिक भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दुईबीच भेट भएको हो। बुधबार विहान १० वजे ज्ञवाली ओली निवास पुगेका थिए। ठीक त्यसैबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपनि पुगे।

प्रचण्डले देवी ज्ञवालीसँग भने: तपाईंको राजनीतिक संस्कारबाट हामीले पाठ सिक्नु पर्छ


‘त्यो संयोगमात्र थियो वा ओली कमरेडले नै मिलाउनु भएको थियो, भन्न सक्दिन’ ज्ञवालीले नेपालखबरसँग भने, ‘जे होस्, कमरेड ओलीकै उपस्थितिमा हामीबीच ५ मिनेटजति कुराकानी भयो।’

भेटमा भरतपुर महानगरको निर्वाचनबारेपनि कुराकानी भएको थियो। माओवादी कार्यकर्ताले मतपत्र च्यातेर आफूलाई पराजित गराएको आरोप ज्ञवालीले लगाउँदै आएका छन्। त्यससम्बन्धी प्रसङ्ग प्रचण्ड आफैले उठाएका थिए। प्रचण्डले भनेका थिए, ‘चुनावमा पराजित भएपनि तपाईंले राजनीतिक संस्कृति प्रदर्शन गर्नुभयो, राजनीतिक संस्कृतिको पाठ तपाईंले सिकाउनु भएको छ।’

ज्ञवालीका भनाईमा, आकस्मिक रुपमा भएको त्यो भेटमा उनी भरतपुर निर्वाचन प्रकरणबारे कुरा उठाउने पक्षमा थिएनन्। उनी भन्छन्, ‘त्यहाँ के भएको थियो, त्यो सारा दुनियालाई थाहा छ। त्यसैले, त्यो प्रसङ्ग उठाएर मैले उहाँलाई लज्जित पार्न चाहिन।’

छोटो कुराकानीमा वामपन्थी आन्दोलन, त्यसमा व्यक्तिको भूमिका लगायत विषयमा कुराकानी भएको थियो। ‘अहिलेको एकतालाई चुनावी ट्याक्टिसको रुपमा होइन, कम्युनिष्ट एकतालाई मजवुत बनाएर लैजाने आधारको रुपमा विकसित गर्ने विषयमा कुराकानी भयो।’

नेपालखबरसँगको कुराकानीमा ज्ञवालीले स्थानीय निर्वाचनको तिक्तता भुलेर आगामी निर्वाचनमा बाम गठबन्धनलाई विजयी बनाउन आफू लाग्ने बताए। ‘पार्टीले उहाँलाई क्षेत्र नं ३ को साझा बाम उम्मेदवार बनाउने निर्णय गरेको छ’ ज्ञवालीले भने, ‘उहाँलाई जिताउन मेरो भूमिका रहनेछ। म विगत होइन, भविष्य हेर्ने पक्षमा छु।’

ओलीसँगै प्रचण्डसँगको भेटपछि ओली निवास पुगेका प्रचण्ड पुत्र प्रकाश, प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिना, एमालेका पूर्व सांसद रामकुमार ज्ञवाली, एमाले कार्यकर्ता राम न्यौपाने लगायत सँगै बसेर ज्ञवालीसँग फोटो समेत खिचेका थिए। सँगै फोटोको अफर चाहिँ ज्ञवालीले गरेको प्रकाशले बताए।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    32    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2366711 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top