बाबुरामको समर्थनमा उम्मेदवारी फिर्ता /* - - - Script for Auto Navigation - - - */

बाबुरामको समर्थनमा उम्मेदवारी फिर्ता

काठमाडौं, कार्तिक ८


कांग्रेस नेतृत्वको गठबन्धनबाट गोरखा २ मा प्रत्यासी रहेका नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई समर्थन गर्दै एकजनाले उम्मेदवारी फिर्ता लिएका छन्।



उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट गोरखाको प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवार बनेका सुकदेव गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन्।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनमा गोरखा २ मा नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा फोरम नेपालले उम्मेदवारी दिन सकेको थिएन।

नयाँशक्ति संयोजक भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीचको प्रतिस्पर्धाका कारण सो निर्वाचन क्षेत्र चर्चित बनेको छ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

2108405 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top