रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आश्रय निमाण सेवाको निर्माण कार्य अबरुद्ध: गुणस्तरहिन र कमसल सामाग्री प्रयोग गरेको आरोप     ‘जापान भ्रमणमा जान नपाएपछि मंत्री बिना मगर संग सहसचिवले प्रतिशोध साँधे’      उप-प्रमुख खातुनद्वारा छात्रवृति वितरण      मधेशी शहिदको याद गर्दै गौरमा दिप प्रज्वल     प्रदेश २ कै प्रथम डाइट क्लिनिकको उदघाटन      पेश्की लिएको आर्थिक मसान्त सकेको ०६ महिना सम्म पूल नबन्दा अख्तियार को ध्यानाकर्षण      गरुडा नगरपालिकाकामा भएको भ्रस्टाचारको छानबिन गर्न अख्तियारलाइ नगर उपप्रमुखको अनुरोध      संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला     बिकाश पत्रकारितामा जुट्न नगर प्रमुख अजय गुप्ताको जोड     गौर नगरपालिका खुल्ला दिशामुक्त नगरपालिका घोषणा     सशस्त्र प्रहरी द्वारा असहाय बृद्ध महिला लाई राशन समाग्री सहयोग   
बिशेष

को बन्ला काँग्रेसबाट भरतपुर महानगरमा मेयरको उम्मेदवार ?



बिशेष   1 पटक पढिएको        

चितवन, चैत २६ । आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट २२ जनाले पार्टीमा निवेदन दर्ता गराएका छन् ।

को बन्ला काँग्रेसबाट भरतपुर महानगरमा मेयरको उम्मेदवार ?

 काँग्रेस भरतपुर नगर समन्वय समितिले शुक्रबार पार्टी कार्यालय कमलनगरमा गरेको कार्यक्रममा सो पद का लागि २२ जनाले निवेदन दिएका हुन् । भरतपुर यसै पटकदेखि महानगर बनेको हो ।

काँग्रेसको केन्द्रीय समितिको पत्र र काँग्रेस चितवनका जिल्ला समितिको निर्णयानुसार महानगरमा प्रमुख बन्न इच्छुकको निवेदन माग गरिएको थियो। आकाङ्क्षीलाई निवेदन दिनका लागि दुई दिनको समय तोकिएको पार्टी अध्यक्ष जितनारायण श्रेष्ठले जानकारी दिए।

यस्तै उपप्रमुखका लागि १० जनाको निवेदन परेको छ। हिजो (शुक्रबार) र आज (शनिबार) उम्मेदवारको निवेदन सङ्कलन गरी उम्मेदवारका बीच छलफल गराउँदै क्षेत्र र जिल्लामा पेस गरिने महानगर सभापति भरत अधिकारीले बताए।

काँग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा नगर समन्वय समितिले आह्वान गरेको कार्यक्रममा महानगरपालिका प्रमुखका लागि प्रा. डा. सूर्यकान्ता घिमिरे, शङ्कर कँडेल, डा ईश्वरीराज लौडारी, राजेन्द्र डोटेल, उद्धव लोहनी, हृषिराज पाण्डे, बेलबहादुर गुरुङ, मिलनबाबु श्रेष्ठ, केशवराज कँडेल, विजय भुसाल, टेकप्रसाद गुरुङ, जगनाथ पौडेल, कैलाश कोइराला, महेन्द्र श्रेष्ठ, टीकाराम न्यौपाने, उत्तम जोशी, दीर्घमान श्रेष्ठ, प्रकाश अधिकारी, बलराम पौडेल, सुबोध प्रधान, दिनेश कोइराला र भरत गुरुङले निवेदन दर्ता गराएका छन्।

यसैगरी उपप्रमुखका लागि बिनु रायमाझी, सरिता केसी, पार्वती शाह, गीता गुरुङ, इन्दिराकुमारी सडौला, शान्ति परियार, रामकुमार श्रेष्ठ, भृकुटी पौडेल, पार्वती न्यौपाने र रेखा पोखरेलले निवेदन दर्ता गराएका छन्। रासस





सम्बन्धित तस्बिरहरु
विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो
विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो
विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो
विद्यालयको गेट थुनेर जुलुसमा हिँडाइयो





सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2486626 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top