गौर सदरमुकाम आसपास देखीएका विना नम्बर प्लेट नयाँ सवारी साधनहरुलाई गौर ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ । आन्तरिक सुरक्षाको कारण देखाउदै सबै खालका अन टेष्ट १४ ओटा मोटरसाईकलहरुलाई समाती जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
अन टेष्ट मोटरसाईकलमा सुरक्षाको खतरा हुने भन्दै आफुहरुले जनताकै लागि यो काम थालेको गौर ट्राफिक प्रहरीका प्रमुख जगदिस सिंहले रौतहट अनलाईनलाई बताएका छन् । अन टेष्ट सवारी साधन भिआईपीको होस वा सर्वसधारको होस कुनै हालतमा नछाडी फाईन पनि नकाटी सिधै भन्सार बुझाउने कुरा प्रहरी उपरिक्षक यज्ञ विनोध पोखरेलले बताएका छन् । पछिल्लो पट गौर ट्राफिक प्रहरी कार्यालयले तदारुपताका साथ सवारी साधनलाई तिब्रता साथ चेक जाँच गरिरहेकोले आफुहरु खुसी भएको गौर नगरबासी बिनोध कुशवाहा बताउछन् ।