रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आयोः प्रधानमन्त्री



राजनिति   18 पटक पढिएको        

भक्तपुर, कार्तिक ३ प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकाल अन्त्य गरी पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आएको बताएका छन्। मध्यपुरथिमिस्थित शंखधर चोकमा शुक्रबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले आयोजना गरेको नेपाल संवतका प्रर्वद्धक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन्।

पूर्णरूपमा संविधान कार्यान्वयनको बेला आयोः प्रधानमन्त्री


प्रधानमन्त्री देउवाले भने, ‘हामी संविधानको पूर्ण कार्यान्वयन र संक्रमणकाल अन्त्य गर्ने चरणमा आएका छौँ, आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेर यसलाई पूरा गर्न सक्छौं, त्यसैले निर्वाचन सफल पार्न सबैको सहयोग रहने विश्वास लिएका छौ।’

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा लाग्न प्रेरणा दिने नेपाल संवत्का प्रवद्र्धक साख्वाको योगदानको चर्चा गर्दै उनले नेपाली जनतालाई समानताको व्यवहार गर्ने साख्वाले चलाएको यो संवत् नेपालीको मौलिक संवत् भएको पनि बताए।

प्रधानमन्त्री देउवाले शंखधर बुलेटिन विमोचन गर्नुका साथै नरेन्द्रभक्त हाडा र देवेन्द्रकुमार मल्ललाई सम्मान गरेका थिए। त्यसैगरी प्रतिष्ठानले गोरखा र दोलखाका चरिकोटमा शंखधर साख्वाको सालिक स्थापना गर्नका लागि ती सालिक हस्तान्तरण गरे।

रक्षामन्त्री भीमसेनदास प्रधानले साख्वाका बारेमा पाठ्यक्रममा समावेश गर्न र आसन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, एमालेका कृष्णगोपाल श्रेष्ठ, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य, मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, प्रतिष्ठानका पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठ, उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा लिनुपर्नेमा जोड दिए।

विभिन्न झाँकी तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरले देशको सबै जिल्लामा शंखधर साख्वाको सालिक स्थापना गरिने जानकारी दिए।रासस










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271537 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top