प्रदेश सभाका ७४ सिटको बाँडफाँट: एमालेलार्इ ४१ र माअोवादीलार्इ ३३ सिट /* - - - Script for Auto Navigation - - - */

प्रदेश सभाका ७४ सिटको बाँडफाँट: एमालेलार्इ ४१ र माअोवादीलार्इ ३३ सिट

काठमाडौं, कार्तिक ३


नेकपा एमाले र माओवादी केन्द्रले मंसिर १० गते ३२ जिल्लामा हुने निर्वाचनका लागि ७४ वटा प्रदेश सभाको सिट बाँडफाँट टुंगो लगाएका छन्। ३२ जिल्लाका ७४ वटा प्रदेश सभाको सिटमध्ये एमालेले ४१ र माओवादी केन्द्रले ३३ सिट लिने गरी बाँडफाँड टुंगो लगाइएको हो


सबै जिल्लामा दुवै दलको प्रतिनिधित्व हुने गरी प्रदेश सभाको सिट बाँडफाँट गरिएको छ। 

एमालेले प्रदेश सभामा ताप्लेजुङ (क), पाँचथर (क), संखुवासभा (ख), भोजपुर (क र ख), सोलुखुम्बु (क र ख), ओखलढुंगा (क), खोटाङ (क), दोलखा (ख), रामेछाप (क र ख) रसुवा (क), सिन्धुपाल्चोक–१ (ख) र सिन्धुपाल्चोक–२ (ख) लिएको छ। यस्तै, नुवाकोट–२ (क), लम्जुङ (क र ख), धादिङ–१ (क), धादिङ–२ (क), मनाङ (क र ख), म्याग्दी (ख), गोरखा–१ (ख) बाग्लुङ–१ (ख), बाग्लुङ–२ (ख), डोल्पा (क), जुम्ला (ख), कालिकोट (क), जाजरकोट (क र ख) बझाङ (क), बाजुरा (क र ख), बैतडी (ख) र दार्चुला (क) पनि एमालेको भागमा परेको छ।

माओवादी केन्द्रले ताप्लेजुङ (ख), पाँचथर (ख), संखुवासभा (क), ओखलढुंगा (ख), खोटाङ (ख), दोलखा (ख), रसुवा (ख), सिन्धुपाल्चोक– १ (क), २ (क), नुवाकोट–१ (क), धादिङ–१ (ख), गोरखा–१ (क), गोरखा–२ (क) र (ख), बाग्लुङ–१ (ख), बाग्लुङ– २ (ख), म्याग्दी (क) र रोल्पा (क र ख) लिएको छ । यस्तै, रुकुम पूर्व (क र ख), जुम्ला (क), कालिकोट (ख) हुम्ला (क र ख), रुकुम पश्चिम (क र ख), डोल्पा (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला (ख) पनि माओवादी केन्द्रको भागमा परेको छ।

मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर चुनावी मैदानमा उत्रिदैछन्। त्यही अनुसार दुई दलीय कार्यदलले पहिलो चरणमा मंसिर १० मा हुने ३२ जिल्लाका प्रदेश र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र बाँडफाँट टुंगो लगाएका हुन्।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1867761 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top