रिक्सा दुर्घटनामा गर्भवतीसहित दुईको अवस्था गम्भीर /* - - - Script for Auto Navigation - - - */

रिक्सा दुर्घटनामा गर्भवतीसहित दुईको अवस्था गम्भीर

हेटौँडा, कार्तिक २


मकवानपुरगढी गाउँपालिका वडा नं २ गैरी भञ्ज्याङमा बिहिबार अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपराज झाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

ना.ह. ९३५१ नम्बरको अटो दुर्घटना हुँदा स्थानीय २५ वर्षीया गर्भवती मीनुकुमारी डिमडुङ र ५६ वर्षीया वसन्ती बम्जन गम्भीर घाइते भएका हुन्। घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

दुर्घटनामा परी सोही वडाकी २१ वर्षीया बिन्दु बम्जन, २५ वर्र्षीय विजय स्याङ्तान र वडा नं ३ का नाम नखुलेका २८ वर्षीय व्यक्ति सामान्य घाइते भएका छन्।

हेटौँडाबाट गइरहेको अटो सडकबाट ४० फिट तल खोल्चामा खसेको थियो। अटोका चालक मकवानपुरगढी– २ का प्रह्लाद घिमिरे हाल फरार रहेको राससले जनाएको छ। 


कमेन्टस



सम्बन्धित तस्विरहरु






Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1718940 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top