रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
समाज

रौतहटका सिडिओ उद्धव थापाको गाडीमा ढुंगा प्रहार



समाज   3 पटक पढिएको        

रौतहट/०१,कार्तिक/ आफ्ना मान्छेलाई मात्रै स्थानीय तहका अधिकारीहरुले बाढी तथा डुबान पीडितको सूचिमा राखि राहत वितरण गरेको भन्दै देबाही गोनाही नगरपालिकाका बाढी प्रभावित आक्रोशित भएका छन् । आक्रोशित पीडितले रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धव थापा र

 प्रहरी प्रमुख यज्ञ बिनोद पोख्रेलको गाडीमा तोडफोड  समेत गरेको छ ।
देबाही गोनाही  नगरपालिकाका निमित्त कार्यकारी अधिकृत मनोज झाले नगर कार्यलयमा २१८  वाढीपीडितलाई सम्बन्धित वडाका  सचिवको सिफारिशमा  राहत वितरण गर्नै लाग्दा आक्रोशित स्थानीय तोडफोडमा उत्रिएका हुन् ।
पीडितहरुले सचिवले आफ्ना मान्छेलाई मात्रै सिफारिश गरेका तथा वास्तविक पीडितलाई छुटाएको भन्दै विहानैदेखि नगरपालिकाको कार्यालय घेराउ गरेका थिए ।
उत्पन्न तनावलाई मिलाउने प्रयासस्वरुप  त्यहाँ पुगेका प्रजिअ उद्धव बहादुर थापा र  नेपाल प्रहरीका एसपी  यज्ञ विनोद पोखरेल  तथा  सशस्त्रका एसपी प्रमराज पोखरेलको गाडीमा पीडितले ढुंगा प्रहार गरेका हुन् ।  उनीहरुको पार्किङ गरेर राखिएको गाडीमा  पीडितले ढुंगा प्रहार गर्दै तोडफोड गरेका हुन् ।  तोडफोडबाट गाडीका सिसाहरु फुटेको बताइएको छ ।

सो क्रममा दुई पक्षीय  झपड हुँदा सशस्त्रका सई  वीरेन्द्र यादव र नेपाल प्रहरी अर्का एक जवान  घाइते  भएको हो  ।
  अहिले पनि सो क्षेत्र तनावग्रस्त रहेको छ ।  यद्यपी  प्रशासनले समानरुपले राहत वितरण गरिने भन्दै अहिले सिफारिशमा परेकालाई कुन आधारमा सिफारिश गरिएको हो  त्यसबारेमा छानबिन गर्ने बताएको छ ।
प्रजिअको संयोजनमा देबाही गोनाहीका मेयर  धम्रेन्द्र पटेल तथा सम्बन्धित वडाका वडाध्यक्षहरुको बैठकले सो  निर्णय गरेको हो ।
आफ्ना लाइ राहत अहिले रौतहट भरि नै भएको हो l  कतिपय निकायले त् निर्बाचित जन प्रतिनिधि लाइ मत हाल्ने लाइ राहत बितरण गर्दै गरेको गुनासो पिडित को रहेको छ l 









सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    35    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2367242 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top