रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
विचार/विश्लेषण

मधेसमा ६० प्रतिशत नपाए राजपाले कांग्रेससँग तालमेल नगर्ने



विचार/विश्लेषण   38 पटक पढिएको        

काठमाडौँ, असोज ३० राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले कांग्रेसले झापादेखि कञ्चनपुरसम्म आफूहरुलाई ६० प्रतिशत सिट नदिए कांग्रेससँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने, ‘हामी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालवीच गठबन्धन बनेको छ, त्यसैले हामीले चुनावमा जाँदा झापादेखि कञ्चनपुरसम्म कांग्रेसभन्दा बढि नै सिट मागेका छौँ’ उनले कम्तिमा ५० देखि ६० प्रतिशत आफूहरुको गठबन्धनलाई दिएमात्रै कांग्रेससँग चुनावी तालमेल हुने जिकिर गरे।

मधेसमा ६० प्रतिशत नपाए राजपाले कांग्रेससँग तालमेल नगर्ने


उनले यदि आफूहरुले माँगेजतिको प्रतिशतमा सहमति नभए कांग्रेससँग स्वस्थ चुनावी प्रतिष्पर्धा हुने विश्वास दिलाए ।

नेता कर्णले तोकिएकै मितिमा चुनाव हुने भन्दै चुनाव हुँदैन कि भनेर आशंका नगर्न आग्रह समेत गरे। उनले भने, ‘चुनाव हुन्छ, यदि चुनाव भएन भने देश सामान्य अवस्थामा रहन सक्दैन्, त्यसैले तोकिएकै समयमा निर्वाचन हुन्छ, यसमा कसैले शंका गर्नुहुदैन्।’

राजपाका शीर्ष नेताहरु प्रत्यक्षबाटै चुनाव लड्ने

नेता कर्णले राजपाका सबै शीर्ष नेताहरु प्रत्यक्षबाटै चुनाव लड्ने बताए। उनले आफू पनि प्रत्यक्ष बाटै चुनाव लड्न लागेको जानकारी दिँदै भने, ‘हाम्रा पार्टीका शीर्ष नेताहरु प्रत्यक्ष रुपमै चुनाव लड्नुहुन्छ, म स्वयम पनि पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछु।’

उनले चुनावलाई आफूहरुले आन्दोलनकै रुपमा उपयोग गरिरहेको स्पष्ट पारे। उनले भने, ‘हाम्रा मागहरु पूरा गर्नको लागि हमेसा बाटो तताउन नपरोस भनेर नै हामी चुनावमा होमिएका हौं, अहिले पनि हामीले चुनावलाई संघर्षकै रुपमा उपयोग गरिरहेका छौं।’

वामपन्थी गठबन्धन मिल्नु खुसीको कुरा

नेता कर्णले नेकपा एमाले र माओवादीका बीचमा गठबन्धन हुनु खुसीको कुरा भएको बताए। वामपन्थी गठबन्धन बन्नु स्वभाविकै भएको भन्दै उनले वामपन्थी गठबन्धनले आफूहरुलाई कुनै असर नगर्ने बताए।

थ्रेसहोल्डले गार्दा साना पार्टीहरु पनि मिल्न थालेको सन्दर्भमा दुई विचार मिल्ने पार्टीका बीचमा साझेदारी हुनु खुसीको कुरा भएको बताए। उनले भने, ‘थ्रेस होल्डले गर्दा पार्टीहरु मिल्न बाध्य भएका छन्, विचार मिल्नेहरुबीच साझेदारी हुनु खुशीको कुरा हो।’










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271538 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top