रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 बिकासमा फडको मार्दै बौद्धिमाई नगरपालिका , स्वास्थ चौकी भवन शिलान्यास     रौतहटमा सुन तस्कर पक्राउ     प्रदेश २ सभाको बैठक पुनः स्थगित     २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ     दुई तिहाई सरकारको विकासे लहर नारामा सिमित, भ्रष्टाचारमा दुई कदम अगाडी पूर्वमन्त्री झा     बढ़दो भ्रस्टाचार र अधिनायकबादले देश संकटमा -बरिष्ठ नेता पौडेल     गरुडा नगरपालिकाबाट बजार अनुगमन कार्य तिव्र     गरुडाको कोल्ड स्टोरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीको छापा ,भारि मात्रामा अखाध्य पेय पदार्थ बरामद     बृन्दाबन नगरपालिकाको प्रमुख प्रशासकिय अधिृकतमा भवानी दाहाल     कटहरिया नगरपालिकाको दोस्रो नगर सभा भब्यता एबम हर्षो उल्लासका साथ समपन्न     रौतहट गोल्डकपको उपाधी चन्द्रपुरलाइ   
अन्तर्वार्ता

चीनसँगको सम्बन्धमा ठूलो प्रगति भयोः ट्रम्प



अन्तर्वार्ता   17 पटक पढिएको        

एजेन्सी, चैत २६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्धमा ठूलो प्रगति गरेको बताएका छन्। आफ्नो चिनियाँ समकक्षी सी जिनपिङसँगको दुई दिने भेट समापनपश्चात ट्रम्पले यस्तो बताएका हुन्।


‘हामीले चीनसँगको सम्बन्धमा ठूलो प्रगति गरेका छौँ,’ ट्रम्पको भनाइलाई रोयटर्सले उधृत गरेको छ, ‘हामी यसलाई अझ विकसित गर्नेछौँ। मलाई लाग्छ, राष्ट्रपति सी र मैले विकास गरेको सम्बन्ध उल्लेखनीय छ।’

‘मलाई विश्वास छ थुप्रै खराब समस्याहरु टाढा हुनेछन्,’ ट्रम्पले थपे।

यद्यपि ट्रम्पले छलफलको बेहोरा सार्वजनिक नगरे पनि चीन र अमेरिकाबीच आर्थिक मुद्धाहरुमा रहेको फरकलाई सम्बोधन गर्न १०० दिने योजना बनाइएको छ। छलफलका क्रममा राष्ट्रपति सीले उत्तरको कोरियाको अवस्था ‘निकै गम्भीर चरणमा’ पुगेको स्वीकार गरेको विदेशमन्त्री रेक्स टिलरसनले बताएका छन्।

त्यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले दुवै देशबीच गहिरो समझदारी र विश्वास निर्माण भएको बताएका छन्। ‘मलाई विश्वास छ, हामी स्थिर तरिकाले मित्रतापूर्ण सम्बन्धलाई विकास गर्दै जानेछौँ। संसारको शान्ति र स्थायित्वका लागि हामी हाम्रो ऐतिहासिक जिम्मेवारी पनि पूरा गर्नेछौँ।’

‘चीन बेल्ट एन्ड रोड इनिसियटिभमा अमेरिकाको सहकार्य र सहभागितालाई स्वागत गर्दछ,’ सीको भनाइलाई सिन्ह्वाले उधृत गरेको छ। सीले अमेरिका र चीनबीच रहेको जनसम्बन्ध र सैन्य सम्बन्धको पनि प्रशंसा गरेका थिए।

बैठकपछि ट्रम्पले सीलाई आफ्नो रिसोर्टको चौरमा केहीबेर घुमाएका थिए।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2598313 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top