रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

सत्ता कब्जा गर्ने नियतले माओवादी मन्त्रीहरुले राजीनामा दिएनन्ः रमेश



राजनिति   35 पटक पढिएको        

काठमाडौँ, असोज ३० नेपाली कांग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले नैतिकताको आधारमा सरकार छोड्नुपर्ने बताएका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोडनुको मुख्य कारण सत्ता कब्जाको उदाहरण भएको आरोप लगाएका हुन्।

सत्ता कब्जा गर्ने नियतले माओवादी मन्त्रीहरुले राजीनामा दिएनन्ः रमेश


उनले भने, ‘उहाँहरुसँग सरकारमा हामीसँग बस्ने, अनि चुनावी तालमेल र एकताको प्रयास चाहिँ विपक्षी गठबन्धनसँग गरिरहनुभएको छ, यो कहाँसम्मको नैतिकवान कुरा हो, यो गलत भएको छ, उहाँहरुले नैतिकताको आधारमा पनि सरकारमा बस्न सुहाँउदैन, यदि उहाँहरु सरकारमै बसिरहनु भनेको सत्ता कब्जा गर्ने नियत हो।’

नेता लेखकले वाम एकता र चुनावी तालमेलले कांग्रेसलाई कुनै असर नपार्ने बताउदै भने, ‘कांग्रेस राणाका बिरुद्धमा एक्लै लड्यो, पञ्चायतसँग एक्लै लड्यो, राजतन्त्रसँग लड्यो, आफ्नै अस्तित्व र शक्ति भएको पार्टी हो, हामी कसैसँग डराउँदैनौँ।’

आउने मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लडे पनि बहुमत ल्याउने उनको दाबी थियो। उनले थपे, ‘हामी एक्लै चुनाव लडेपनि बहुमत ल्याउँछौं, जनताको विश्वासको आस्था भनेको नै हाम्रो पार्टी हो, यदि चुनावी तालमेल भयो भने त झनै सजिलै बहुमत हाँसिल गर्छौं।’

त्यस्तै लेखकले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच भएको वाम एकताको आयु लामो नहुने समेत दाबी गरे। वाम एकता सत्ता र सरकारको लागि रचिएको आरोप लगाउँदै उनले थपे, ‘राष्ट्रहित विपरीत वामपन्थीहरु उभिएका छन्, संसारमा लोकतान्त्रिक शासन प्रणाली स्थापित् भैसकेको स्थितिमा नेपालमा निर्वाचनमा बहुमत ल्याएर नेपालमा फेरी कम्युनिष्ट शासनको अभ्यास गर्न खोज्नु लोकतन्त्रको मुल्यभन्दा बाहिर जानु हो।’










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272955 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top