रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

वाम गठबन्धन: उपेन्द्रप्रति किन नरम?



राजनिति   1 पटक पढिएको        

काठमाण्डौं, २९ असोज । एमाले र माओवादी केन्द्रले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई निर्वाचन घोषणा पत्रमार्फत समेत नजिक्याउने प्रयास गरेका छन्। ६ मधेश केन्द्रित दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) ले सामन्तवाद र दलाल पूँजीपतिवर्गको प्रतिनिधित्व गर्ने, राष्ट्रिय आत्मसमर्पण र दलालनीतिको पक्षपोषक र समाजवादको विरोध गर्ने बताउँदै फोरमले राजपाको यो नीतिबाट आफूलाई अलग गर्न खोजिरहेको विश्लेषण एमाले र माओवादी केन्द्रले गरेका छन्।

वाम गठबन्धन: उपेन्द्रप्रति किन नरम?

घोषणापत्रमा ७४ शब्द खर्चेर राजपाको तीखो आलोचना गरिएको छ भने फोरमको प्रसंशामा ३९ शब्द खर्च गरिएको छ। राजपा र फोरम तराई मधेशलाई मुख्य कार्यथलो बनाउने राजनीतिक पार्टी भएको बताउँदै घोषणापत्रमा भनिएको छ, ‘राजपा सामन्तवादका अवशेषहरुलाई दलाल पूँजीपतिवर्गको एउटा हिस्साको प्रतिनिधित्व गर्ने पार्टी हो। यसले राष्ट्रिय आत्मसमर्पणवादी एवं दलाल नीतिको पक्षपोषण गर्दछ र गरिव तथा श्रमिकमुखी सामाजिक, आर्थिक रुपान्तरणको खुलेर विरोध गर्दछ।’

घोषणापत्रमा राजपाको थप आलोचना गर्दै भनिएको छ, ‘यसले राष्ट्रिय स्वाधिनता, राष्ट्रहित एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र परिवर्तनको सामाजिक न्याययुक्त जनमुखी एवं समाजवादउन्मुख अन्तरवस्तुलाई भुत्ते पार्ने काम गर्छ। यसको संघीयताको पक्षधरतापनि फितलो छ। यो भुइँतहका जनतालाई स्वशासनको अधिकार दिने र अधिकारसम्पन्न गराउने कुराको विरुद्धमा रहने गरेको छ।’

एमाले र माओवादी केन्द्रले राजपालाई कांग्रेसको कित्तामा राख्ने प्रयास गरेका छन्। किनभने, मस्यौदा गरिएको घोषणा पत्रमा कांग्रेसलाई पूँजीपति वर्गको पार्टी बताउँदै यसले बचेखुचेका सामन्तवर्ग र दलाल नोकरशाही पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने ठहर गरिएको छ। उ समाजवादीपनि हुन नसक्ने दावी गर्दै उसको नेतृत्वमा राष्ट्रघाती सन्धिसम्झौताहरु भएको उल्लेख गरिएको छ।

राजपालाई कांग्रेसकै कित्तामा राखेर विश्लेषण गरेका एमाले माओवादी केन्द्रले फोरमले आफूलाई यो प्रबृत्तिबाट अलग राख्न खोजेको दावी गरेका छन्। भनेका छन्, ‘संघीय समाजवादी फोरमले राजपाको यो प्रबृत्तिबाट आफूलाई अलग राख्ने प्रयत्न गरिरहेको छ र मधेशलाई मुख्य कर्मथलो बनाउँदै देशका अन्य भागमा पनि संगठित हुने कोशिष गरिरहेको छ । यसको विकासक्रमलाई नजिकबाट हेर्दै मिल्ने मुद्दाहरुमा यो पार्टीसँग सहकार्य गर्न सकिन्छ।’

भारतीय नाकावन्दीका बेला राजपा र फोरमको भूमिका एउटै र आगामी निर्वाचनमा एउटै गठबन्धनमा सामेल भएपनि एमाले र माओवादी केन्द्र राजपाप्रति आक्रामक र फोरमप्रति नरम हुनुको कारण हो, फोरमसँग तालमेल गर्ने चाहना। एमाले र माओवादी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मात्र होइन, निर्वाचनपछि सरकार गठनका सन्दर्भमा पनि तालमेल गर्न चाहन्छन्।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँगै एमाले–माओवादी केन्द्रले एकताको घोषणा गर्नुअघि दुवै दलले यादवसँगपनि चुनावी तालमेलको प्रयास गरेका थिए। तर यादव कम्युनिष्ट पार्टीबीचको एकतामा सामेल हुन इच्छुक देखिएनन्। बरु वाम गठबन्धनको घोषणा हुनासाथ राजपा–फोरमबीच चुनावी गठबन्धन गर्ने निर्णय भयो, लगत्तै उनीहरु कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धमा सामेल भए।

राजपासँग चुनावी तालमेल र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल हुने निर्णयका कारण चुनावी तालमेल असम्भव देखिएपनि एमाले–माओवादी केन्द्र निर्वाचनपछि फोरमसँग तालमेल हुने कुरामा आशावादी देखिन्छन्। खासगरी निर्वाचनपछि प्रदेश २ मा प्रदेश सरकार निर्माणका बेला फोरमसँग तालमेल हुनसक्ने अपेक्षा उनीहरुको देखिन्छ।

स्थानीय निकाय निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेस ४० तहमा जितका साथ पहिलो स्थानमा छ भने फोरम २६ तह र राजपा २५ तहमा जितका साथ दोस्रो र तेस्रो स्थानमा छन्। फोरम–राजपा लोकतान्त्रिक गठबन्धनमा सामेल भएपनि प्रदेश २ का ३२ मध्ये २५ सिटमा दावी गरेपछि निर्वाचनमा कांग्रेससँग तालमेल हुने सम्भावना देखिदैन। राजपा र फोरमबीचपनि सिट संख्यामा सहमति नहुने सम्भावना छ।

खासमा एमाले–माओवादी केन्द्र सिटका कारण हुनसक्ने असमझदारीलाई उपयोग गर्दै फोरमलाई निकट ल्याउन चाहन्छन्। फोरमलाई आफू निकट ल्याउन सके भने प्रदेश २ को निर्वाचन परिणामको नक्सा नै फेरिने पक्का पनि छ । यदि फोरमसँग एमाले–माओवादी केन्द्रले तालमेल गर्न सके भने यही गठबन्धन त्यहाँ सबै भन्दा ठूलो शक्तिका रुपमा उदाउनेछ। खासमा यसैका लागि उनीहरु फोरमप्रति नरम देखिएका हुन।

जस्तो, प्रदेश २ मा कांग्रेस ४० स्थानीय तहमा विजयी भएको छ भने एमाले र माओवादी केन्द्रपनि क्रमशः १९ र २१ तह गरी ४० तहमा नै विजयी भएका छन्। राजपा भन्दा एक तह बढि जितेको फोरमलाई पनि निकट ल्याउन सके राजपाले कांग्रेस गठबन्धनसँगै तालमेल गरेको खण्डमा पनि वाम गठबन्धन बलियो प्रतिस्पधी हुनेछ। त्यो स्थितिमा एमाले–माओवादी केन्द्र–फोरम ६६ स्थानीय तहको अगुवा हुनेछन भने कांग्रेस–राजपा ६५ तहको।

स्थानीय तह निर्वाचनको लोकप्रिय मत र सिट संख्याका आधारमा ७ मध्ये ६ प्रदेशमा एमाले–माओवादी केन्द्र अग्रस्थानमा छन्। गठबन्धन कामयावी हुनसक्यो भने १, ३, ४, ५, ६ र ७ नम्बर प्रदेशमा उनीहरुले विजय हासिल गरी सरकार बनाउनेछन्। तर, यो स्थिति प्रदेश नं २ मा छैन । स्थानीय निर्वाचन परिणामका आधारमा यहाँ उनीहरुले कांग्रेसलाई वलियो चुनौति त दिन सक्छन्, तर फोरम–राजपाबीच साँच्चिकै गठबन्धन भएको अवस्थामा वाम गठबन्धन खासै कामयावी हुनेछैन।

तर फोरमसँग गठबन्धन भएको खण्डमा भने प्रदेश २ को परिणाम उनीहरुका लागि अनुकूल हुनेछ। राजमार्ग आसपास एमाले–माओवादी केन्द्र हावी हुनेछन् भने राजमार्ग दक्षिणमा वामगठबन्धनको समर्थनमा फोरम हावी हुनेछ। यो तालमेलको असर प्रतिनिधि सभामा त पर्छ नै, प्रदेश सभामा पनि पर्नेछ। प्रदेश– २ मा कांग्रेस नेतृत्वको गठबन्धनको विजयलाई सहजै रोक्न एमाले–माओवादी केन्द्र सहजै सफल हुनेछन्।

संविधान संसोधन, मधेश मुद्दालगायतका विषयमा फोरम र राजपाबीच खासै मतभिन्नता नभएपनि एमाले–माओवादी केन्द्रले यी दुई दलप्रति फरक फरक दृष्टिकोण बनाउनुको एउटा कारण चुनावी स्वार्थ हो भने अर्काे कारण फोरम अध्यक्ष लगायत यसका नेता–कार्यकर्ताहरुको पृष्ठभूमिपनि हो। जस्तो, अध्यक्ष यादव आफै एमाले–माओवादी पृष्ठभूमिका नेता हुन्। २०४८ को निर्वाचनमा सुनसरीमा एमालेबाट प्रतिस्पर्धा गरेका उनी पछि माओवादी जनयुद्धमा पनि सरिक भएका थिए।

त्यसबाहेक अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु पनि एमाले पृष्ठभूमिकै हुन्। समावेशिता र पहिचानको मुद्धामा एमालेसँग मतभिन्नता भएपनि राई र श्रेष्ठ लगायतका नेता एमालेबाट अलग भई संघीय समाजवादी पार्टी गठन गरेका थिए। राई नेतृत्वको पार्टी दल र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमबीच एकता भई संघीय समाजवादी फोरम बनेको हो। यसका विपरित राजपामा चाहिँ कांग्रेस पृष्ठभूमिका नेताहरु छन्।

एमाले–माओवादी केन्द्रका नेताहरुको विश्लेषण के देखिन्छ भने, राजनीतिक ध्रुवीकरण तीब्र बन्दै गएकाले पूर्व पृष्ठभूमिका आधारमा राजपा कांग्रेससँग नै स्थायी गठबन्धनमा रहनेछ भने फोरम वामपन्थी गठबन्धनमा फर्कने सम्भावना छ। निर्वाचन घोषणापत्रमा नै एमाले–माओवादी गठबन्धन यादव नेतृत्वको फोरमप्रति नरम र राजपाप्रति आक्रामक देखिनुको कारण यही नै हो।









सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271513 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top