रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

एमाले र माओवादी केन्द्रका कारण रोकियो चिकित्सा शिक्षा विधेयक



राजनिति   200 पटक पढिएको        

काठमाडौं, असोज २७ सभामुख ओनसरी घर्तीले बोलाएको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा पनि सहमति जुट्न नसकेपछि चिकिस्ता शिक्षा विधेयक संसदमा पेश हुन सकेन। चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयमा सहमति जुटाउने प्रयास स्वरुप शनिबार दिउँसो सभामुख घर्तीले प्रमुख दलका शीर्ष नेताको बैठक बोलाएकी थिइन्।

एमाले र माओवादी केन्द्रका कारण रोकियो चिकित्सा शिक्षा विधेयक


तर, एमाले र माओवादी केन्द्रका नेताहरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समितिले तयार पारेको प्रतिवेदन संशोधन गर्न नसकिने अडान लिएपछि विधेयक पारित गर्ने विषयमा सहमति जुट्न नसकेको हो। चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ औं पटक आमरण अनशनमा बसिरहेका प्रा. डा. गोविन्द केसीको माग सम्बोधन गर्न कांग्रेसले अग्रसर भएपनि त्यो सफल हुन सकेन।

पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगनकुमार थापा, एमाले नेता राजेन्द्र पाण्डे र माओवादी केन्द्रका नेता धनिराम पौडेलबीच शनिबार विहान घण्टौ छलफल भएपनि चिकित्सा शिक्षा विधेयक संशोधन गरेर पारित गर्ने विषयमा सहमति जुट्न सकेको थिएन। तीन नेताबीचको छलफलमा सहमति जुट्न नसकेपछि सभामुख घर्तीले विधेयक पारित गराउने प्रयासका लागि प्रमुख दलका शीर्ष नेतालाई बोलाएकी हुन्।

सभामुख घर्तीले बोलाएको बैठकमा एमाले र माओवादी केन्द्रका नेताहरुले समितिले तयार गरेको प्रतिवेदन जस्ताको तस्तै पारित गर्ने भएमात्रै संसदमा लैजानु पर्ने अडान राखेका थिए। तर, कांग्रेसले डा. केसीको माग सम्बोधनका लागि माथेमा आयोगको प्रतिवेदनलाई समेत समेटेर संसदबाट पारित गर्नु पर्ने बताएको थियो।

सभामुख ओनसरी घर्तीले चिकित्सा शिक्षा विधेयमा देखिएको विवाद समाधान गरेर अघि बढ्न दलहरुलाई आफूले आग्रह गरेको पनि कुरा नमिलेको बताइन्। ‘मैले चिकित्सा शिक्षा र राष्ट्रिय सभा सदस्य विधेयमा देखिएको विवाद समाधान गरेर अघि बढ्न आजपनि शीर्ष नेताहरुलाई आग्रह गरे। यसमा आज कुरा मिलेन,’ सभामुख घर्तीले भनिन्।

बिहान बसेको बैठकमा पनि कांग्रेस नेता गगन थापाले एमाले र माओवादी केन्द्रका नेताहरुले आफ्नो अडान नछोडेपछि सहमति जुट्न नसकेको बताए। ‘उहाँहरु समितिले तयार गरेको प्रतिवेदन पारित गर्ने भए संसद लैजाउँ नत्र हामी पास हुन दिँदैनौ भनेपछि सहमति जुट्न सकेन,’ थापाले भने। थापाले केसीका माग सम्बोधन गर्न कांग्रेसले हरसम्भव प्रयास गरेपनि सफल हुन नसकेको बताए।

बैठकमा एमाले नेता राजेन्द्र पाण्डेले समितिले सर्वसम्मत रुपले तयार गरेको प्रतिवेदनलाई संशोधन गरेर विधेयक अगाडि पास हुन नदिने बताएका थिए। उनले समितिको प्रतिवेदन जस्ताको तस्तै पारित गर्ने भएमात्रै आफूहरुले समर्थन गर्ने जनाएका थिए। माओवादी केन्द्रका नेता धनिराम पौडेलले पनि पाण्डेको कुरामा सहमति जनाउँदै विधेयक संशोधन गरेर संसद लैजान नहुने तर्क गरेका थिए।

‘मेडिकल कलेज सञ्चालन गर्न रोक लगाउन हुँदैन। समितिले तयार पारेको प्रतिवेदन पास गरौं,’ पौडेलले बैठकमा भने,‘तोडमोड गरी संशोधन गरेर विधेयक अघि बढाए पास हुँदैन।’ पौडेलले बैठकमा भनेका थिए–‘शिक्षा विधेयक र देवानी संहिता विधेयक समेत संसदले समितिमा पठाएर संशोधन गरेर फेरि संसद लगिएको हो। समितिले संशोधन गरेको चिकित्सा शिक्षा विधेयकपनि परिमार्जन अब गर्न मिल्दैन। प्रक्रियाको पालना गर्नुपर्छ।’

अनशनरत डा. केसीले काठमाडौं उपत्यकामा कम्तिमा दश वर्ष अन्य मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, एउटा विश्व विद्यालयले पाँच वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, अस्पताल सञ्चालन गरेको कम्तिमा तीन वर्ष मेडिकल केलज सञ्चालन गर्न नपाउने गरी चिकित्सा शिक्षा विधेयक पारित गर्नु पर्ने माग राखेका छन्। उनको अनशन तोडाउने प्रयास स्वरुप कांग्रेसले संशोधनसहित विधेयक अघि बढाउन प्रयत्न गरेपनि त्यसलाई एमाले र माओवादी केन्द्रले रोकिदिए।

सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयमा कुरा नमिलेपछि संसदको व्यवस्थापकिय अन्तिम बैठकमा पनि पेश हुन सकेन। यसअघि बिहीबार पनि कुरा नमिलेपछि सभामुख घर्तीले अन्तिम समयमा कार्यसूचीबाट हटाएकी थिइन्।

शुक्रबार पनि कुरा नमिलेपछि संसदमा चिकित्सा शिक्षा विधेयकले प्रवेश पाउन सकेन। शनिबार मध्यराति १२ बजेदेखि संसदको आयु सकिने भएकाले संसदबाट डा. केसीले उठाएका माग सम्बोधन हुने बाटो बन्द भएको छ।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    34    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2367189 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top