एमाले–माओवादी अडानका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेस हुन सकेन /* - - - Script for Auto Navigation - - - */

एमाले–माओवादी अडानका कारण चिकित्सा शिक्षा विधेयक संसदमा पेस हुन सकेन

काठमाडौँ, असोज २६


व्यवस्थापिका संसदको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस हुन सकेन। शिक्षामन्त्री गोपालमान श्रेष्ठले विधेयकमा प्रस्ताव गरेको संशोधन एमाले र माओवादीले अस्वीकार गरेपछि विधेयक पेस हुन पाएन। सभामुखको प्रयासका बाबजूद विधेयकमाथि दलहरु सहमत हुन सकेनन्।


विधेयकलाई माफियामुखी बनाइएको भन्दै डा. गोविन्द केसी अनसनमा बसेपछि सरकारले उनको माग समेट्न विधेयकमा संशोधन गर्न खोजेको थियो। उनले माथेमा कार्यदल र आफ्ना सुझावहरुलाई विधेयकमा समेटिनुपर्ने माग राखेका छन्। डा. केसीको माग समेटिनुपर्नेमा सबै दल सहमत भए पनि त्यो काम मन्त्रीले गर्न नसक्ने अडान एमाले र माओवादीले राखेका थिए। उनीहरुले संशोधन गर्ने नै हो भने सरकारी प्रस्तावलाई संसदीय समितिमा नै पठाउनुपर्ने तर्क गरेका छन्।

शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रस्तावमा १० वर्षसम्म काठमाडौँमा मेडिकल कलेज खोल्न नपाइने, एक विश्वविद्यालयले ५ ओटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने लगायतका व्यवस्था छन्।

यससँगै चिकित्सा शिक्षा विधेयक संसदमा पेस हुनेनहुने अन्यौल बढेको छ। किनभने शुक्रबार यो संसदको अन्तिम बैठक बस्दै छ। यसबीचमा संसदीय समितिमा संशोधन प्रस्ताव लैजान सम्भव छैन।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787604 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top