रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ     केशव स्थापित मन्त्रीबाट बर्खास्त     एन्फाले एएफसीबाट पाउने अनुदान बढ्यो     म्यान्चेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश     जडेजाको जालमा फस्यो वेष्टइण्डिज, भारतले जित्यो सिरिज   
राजनिति

एमाले प्रवेश गर्दै सीमारक्षक देवनारायणले भने: मलाई कतिबेला मार्छन् थाहा छैन



राजनिति   1 पटक पढिएको        

असोज २६ सीमारक्षक देवनारायण यादव एमालेमा प्रवेश गरेका छन्। बिहीबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको पार्टी एकता तथा प्रवेश कार्यक्रममा यादवसहित मेघराज नेपाली निषद् नेतृत्वको मधेस समता पार्टी एमालेमा प्रवेश गरेका छन्।

एमाले प्रवेश गर्दै सीमारक्षक देवनारायणले भने: मलाई कतिबेला मार्छन् थाहा छैन


यादव नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्। यादव सप्तरीका पूर्वजिविस सदस्य समेत हुन्।

गत वर्ष सप्तरी तिलाडीको खाँडो खोलामा भारतीय पक्षले नेपालको भू–भाग डुवानमा पर्नेगरी बनाएको बाँध भत्काएपछि भएको भारतीय पक्षसँगको झडपमा यादव गम्भीर घाइते समेत भएका थिए। भारतीय ज्यादतिविरुद्ध निरन्तर लड्दै र आवाज उठाउँदै आएका यादव हालसालै भारतमा भारतीय प्रहरीद्वारा पक्राउ परी केही दिन अघिमात्रै रिहा भएका थिए।

मलाई कतिबेला मार्छन् थाहा छैनः यादव

एमाले प्रवेश गर्दै सीमारक्षक देवरानारायण यादवले आफूलाई भारतीय पक्षबाट खतरा रहेको बताएका छन्। भारतीय दूतवासबाट एक महिलाले महामहिमले भेट्न खोजेको भन्दै फोन गरिरहेको उनले जानकारी दिए । सीमाको रक्षाका लागि लडेकै कारण आफू भारतीयहरुको तारो बनेको भन्दै उनले  भने, ‘मलाई बोडरमा कहिले काट्छन्/मार्छन् थाहा छैन।’

यादवले आफू निस्वार्थ भावनाले एमालेमा प्रवेश गरेको बताएका छन्। उनले तिलाठी घटनापछि अन्य दलका नेताहरु मौन बसेको र एमालेका केही नेता तिलाठीमै पुगेको भन्दै एमाले देशका बारेमा गम्भीर पार्टी भएको बताए। आफूले भारतीय पक्षको आक्रमणबाट हरेस खाँदा एमालेले सहयोग गरेको भन्दै यादवले आफू निरन्तर रुपमा राष्ट्रियताका पक्षमा लाग्ने बताए।

भारतको व्यवहार असल छिमेकीको जस्तो छैनः ओली

देवनारायणलाई एमाले प्रवेश गराउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षको व्यवहार असल छिकेकीका जस्तो नभएको बताएका छन्। उनले एमाले देश र जनताको पक्षमा काम गर्ने दल भएको दावी गरे।

मधेसवादी दलले मधेसी जनताका नाममा गलत राजनीति गरिरहेको भन्दै अध्यक्ष ओलीले भने, ‘जनतालाई भोकै पार्ने मधेसी मदेशी दल मधेस समर्थक र मधेसी जनताको उन्नति प्रगति गर्न चाहने दल एमाले कसरी मधेस विरोधी भयो?’ उनले एमाले पार्टीले जनतालाई कहिल्यै नझुक्याएको दावी गरे।

त्यस्तै मधेस समता पार्टीका अध्यक्ष मेघराज नेपाली निषद्ले एमाले गरिव र निमुखाको पक्षमा भएका कारण आफू एमालेमा प्रवेश गरेको बताए। ओली नेतृत्वको मन्त्रीमण्डलमा मन्त्री समेत रहेका नेपालीले एमालेले राष्ट्रियताका पक्षमा लिएको अडान सर्हानीय रहेको बताए।










सम्बन्धित शिर्षक समाचारहरु
  • आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

    २७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।
    समाज
    35     रौतहट अनलाईन
  • मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

    २६ कात्तिक, फिदिम । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय
    देश
    36     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2415946 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top