“बालिका सशक्तिकरण .आपतकालिन प्रतिकार्य र पुनर्उत्थानशिलताको योजना” मुल नाराका साथ बालिका दिवस सम्पन्न /* - - - Script for Auto Navigation - - - */

“बालिका सशक्तिकरण .आपतकालिन प्रतिकार्य र पुनर्उत्थानशिलताको योजना” मुल नाराका साथ बालिका दिवस सम्पन्न

जितेन्द्र कुमार दाश /गौर/२५,असोज/


अक्टोबर ११ लाई सार्थक बनाउन “बालिका सशक्तिकरण ःआपतकालिन प्रतिकार्य र पुनर्उत्थानशिलताको योजना” मुल नाराका साथ रौतहट जिल्लामा अन्तर्राष्ट्रिय बालिका दिवस भव्यताका साथ गौर नगरपालिकाको सभा कक्षमा मनाईएको छ ।
गौर नगरपालिकाको उपमेयर किरण  ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरुले बालिकालाई सशक्तिकरण गर्न आआफ्नो तर्कहरु सुझाएका थिए । कार्यक्रममा बोल्दै उपमेयर ठाकुरले, नगर सभामा बालिका मैत्री तथा महिला मैत्री बजेट विनियोजन तथा प्रभावकारी कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरि जिल्ला समन्वय समितिका बरिष्ठ सामाजिक परिचालक रोशनी कुमारी श्रेष्ठले स्थानिय स्तरमा बालबालिका मैत्री बजेट विनियोजन हुने गरेको साथै लक्षित वर्गलाई छुट्याइने बजेटको प्रभावकारी योजनाको अभाव रहेको धारणा व्यक्त गर्नु  भयो ।

कार्यक्रममा बोल्दै, जिल्ला जन स्वास्थ्य कार्यालयका हरिन्दर गुप्ताले बालिकाहरु सबैभन्दा जोखिम उमेर समूह भएकोले उनीहरुलाई सशक्तिकरण गर्न विभिन्न निकायहरुले आ आफ्नो ठाँउबाट उचित पहल गर्नुपर्ने धारणा गर्नुभएको थियो साथै बालिकाहरुलाई समान शिक्षामा पहुँच नभएकोले उच्च शिक्षामा बालिकाको पहुँच बढाउन त्यसतर्फ संघसस्थालाई परियोजना ल्याउन ध्यानाकर्षण गराउनुभएको थियो ।

इसिडिसिका मतिउर रहमानले बालिकाहरुलाई जोखिमबाट उद्धार गर्न आपतकालिन प्रतिकार्य सम्बन्धि ठोस योजनाको अभाव रहेको जानकारी गराउनु भएको थियो । त्यसैले सबै निकायहरुले यस सम्बन्धि आपतकालिन कोषको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला कृषी विकास कार्यालयका मोहन महतो, सर्चफर कमन ग्राउण्डका पुनम ठाकुर, अन्तर महिला जिल्ला सन्जालका संयोजक गिता महतो, महिला अधिकारकर्मी प्रभा सिंह लगायतका बक्ताहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए ।


कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643172 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top