रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा     मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने     नेताको ढाल ओढेका ठेकेदार साहलाई समयमा काम गर भनेपछि कांग्रेस रिसायो : नेकपा नेता प्रभु साह     छठ पर्वमा दुई दिन बिदा     भारतीयलाई नागरिकता सिफारिस गर्ने वडाअध्यक्षसहित १६ जनाविरुद्ध मुद्दा     प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज     कांग्रेसको चियापानमा नेकपा नेता हावी, देउवाले भने : मिलेर जानुपर्छ     केशव स्थापित मन्त्रीबाट बर्खास्त     एन्फाले एएफसीबाट पाउने अनुदान बढ्यो     म्यान्चेस्टर सिटी काराबाओ कपको क्वाटरफाइनलमा प्रवेश     जडेजाको जालमा फस्यो वेष्टइण्डिज, भारतले जित्यो सिरिज   
अन्तर्राष्ट्रिय

जल तथा हवाइ युद्धको तयारी बढाउने चीनको चेतावनी



अन्तर्राष्ट्रिय   8 पटक पढिएको        

असोज २५ एक अमेरिकी क्षेप्यास्त्र विध्वंसक युद्धपोत दक्षिण चीन सागरमा प्रवेश गरेपछि चीनले कडा शब्दमा त्यसको विरोध गरेको छ। अमेरिकी कदमको विरोध गर्दै चीनले ‘यस्तै उत्तेजनात्मक क्रियाकलाप जारी रहे चिनियाँ सेनाले जल तथा हवाइ युद्धको तयारी बढाउने’ चेतावनी पनि दिएको छ।


मंगलबार चेफी नामक अमेरिकी क्षेप्यास्त्र विध्वंसक जहाज दक्षिण चीन सागरको पारासेल टापुनजिकै पुगेको थियो। तर आफ्नो नौसैनिक जहाज १२ नाउटिकल माइलभन्दा नजिक नगएको अमेरिकाले बताएको छ। जमिनबाट १२ नाउटिकल माइलभन्दा बाहिरको क्षेत्रलाई अन्तर्राष्ट्रिय जलक्षेत्र मानिन्छ।

बुधबार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले अमेरिकाले अन्तर्राष्ट्रिय कानुन मिचेको अरोप लगाइन्।

‘अमेरिकी विध्वंसकले चिनियाँ तथा अन्तर्राष्ट्रिय कानुन मिचेको छ र चीनको सार्वभौमसत्ता तथा सुरक्षा स्वार्थलाई गम्भीर धक्का दिएको छ। साथै दुवै देशका अग्रभागमा रहेका सुरक्षाकर्मीको जीवनमाथि पनि खतरा पैदा गरेको छ,’ हुआले भनिन्।

उनले वाशिंगटनसँग यसबारेमा कडा प्रतिवाद गरिएको जनाउँदै अमेरकालाई 'आफ्नो गल्ती सच्याउन' पनि आग्रह गरिन्।

चिनियाँ रक्षा मन्त्रालयले पनि एक वक्तव्य जारी गर्दै अमेरिकाको यो कदमले चीन र अमेरिकाबीच विश्वासको संकट ल्याउने चेतावनी दिएको छ।

‘अमेरिकी सेनाले बारम्बार उत्तेजनात्मक व्यवहार जारी राख्दा चिनियाँ सेनाले राष्ट्रिय सार्वभौमिकता तथा सुरक्षा स्वार्थको रक्षा गर्न जल तथा हवाइ युद्धका लागि आफ्नो तयारी झनै बढाउनेछ र रक्षालाई सुदृढ गर्नेछ,’ रक्षा मन्त्रालयको भनाइ एससिएमपीले उधृत गरेको छ।

चिनियाँ रक्षा मन्त्रालयले अमेरिकी नौसैनिक जहाजलाई चेतावनी दिन एक जहाज, दुई जे–११बी लडाकु जेट र एक जेड–८ हेलिकप्टर त्यहाँ पठाएको पनि बताएको छ।

अमेरिकी रक्षा मन्त्रालयले यस विषयमा केही टिप्पणी नगरे पनि यो उसको 'स्वतन्त्रतापूर्वक जलयात्रा गर्ने नियमित अभ्यास' भएको जनाएको छ। अमेरिकाले आफ्नो यस्तो कदम भविष्यमा पनि जारी रहने बताएको रोयटर्सको रिपोर्टमा उल्लेख छ। ‘दक्षिण चीन सागरमा चीनको बढ्दो दाबीलाई चुनौती दिन’ उसले यस्तो कदम चालेको बताएको छ।

चीन र अमेरिकाबीच यस विषयलाई लिएर तनाव बढेपछि अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणको एजेण्डालाई यसले फरक नपार्ने केही विश्लेषकहरुले बताएका छन्।

दक्षिण चीन सागरमा चीनको दाबीलाई चुनौती दिन भन्दै अमेरिकाले बारम्बार आफ्ना जहाजहरुलाई त्यसतर्फ पठाउने गरेको छ। गत अगस्ट महिनामा पनि एक अमेरिकी नौसैनिक जहाज दक्षिण चीन सागरको एक टापुबाट १२ नाउटिकल माइल दूरीभित्र प्रवेश गरेको थियो। यस्ता अमेरिकी कदमको चीनले विरोध गर्दै आएको छ। एजेन्सी










सम्बन्धित शिर्षक समाचारहरु
  • आज छठको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा

    २७ कात्तिक, काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ ।
    समाज
    35     रौतहट अनलाईन
  • मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

    २६ कात्तिक, फिदिम । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको शुरुवात हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय
    देश
    36     रौतहट अनलाईन


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2415830 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top