युटेरस रोगबाट ग्रसित दलित महिलालाई आर्थिक सहयोग
अभिमनु कुमार पटेल /रौतहट /२४ असोज ।
युटेरस रोगबाट ग्रसित दलित महिलालाई उपचार गराउनका लागि आर्थिक सहयोग गरिएको छ ।
रौतहटको हाल क्षेत्र नं २ बौद्धीमाई नगरपालिकाका वडा नं १ अजगैवी टोल निवासी रामचन्द्र महरा चमारकी ४० वर्षीय दया महरा चमार

युटेरस रोगबाट ५ वर्ष भन्दा बढी समय देखि ग्रसित रहनु भएकोले उहाँको उपचार गराउनको हुन समाजसेवी युरोपको बेल्जियमा बस्दै आईरहनु भएकी क्षत्री समाज बेल्जियको महासचिव एवं एन.आर.एन.नि.वर्तमान उपाध्यक्ष यसोदा थापा र होलैण्डमा बस्ने नेपाली चर्चित अभिनेत्री बर्षा खडका दुबै जना संयुक्त रुपमा आफनो व्यक्तिगत तर्फबाट पीडित महरालाई सहयोग गर्नुभएकी छिन ।
सो सहयोग गर्ने क्रममा समाजसेवी चर्चित अभिनेत्री खडकाले गरिब, असहाय र दलित महिलाहरुमा कुनै किसिमको रोग लाग्यो भने उपचार गराउन नसकेपछि हामीले थाहा पाए भने सक्दो मानवीय दायित्व निर्वाह गर्न तयार र रौतहट लगायत अन्य ठाउँमा थरि थरिको सहयोग गरिदै आईरहेकी अभिनेत्री खडकाले फेरी पुन्ह सक्दो सेवा गर्न बताएकी हुन ।
महराकी परिवारीक आर्थिक अवस्था पुरै असाध्य नै कमजोर रहेको छ । उहाँको ७० वर्षको बृद्ध श्रीमान, २ छोरा र ३ छोरी भएकोले एक क्षाक खाना खानको लागि धौउ धोैउ परिरहेकै वेला थपदुख युटेरस रोगले झन पीडित बनाएकोले उपचार गराउनका लागि समाजसेवी थापा र खडकाले आर्थिक रकम सहयोग गर्नु भएकी छिन ।
कमेन्टस
सम्बन्धित शिर्षक समाचारहरु