समाजवादी क्रान्ति सम्पन्न भएको हेरेर मर्न मन छः प्रचण्ड /* - - - Script for Auto Navigation - - - */

समाजवादी क्रान्ति सम्पन्न भएको हेरेर मर्न मन छः प्रचण्ड

काठमाडौँ, असोज २३


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा छिट्टै समाजवादी क्रान्ति सम्पन्न हुने बताएका छन्। सोमबार राजधानीमा वाइसिएलको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानान्त्री समेत रहेका अध्यक्ष प्रचण्डले अहिलेको वाम गठबन्धन निरन्तरतामा क्रमभङ्ग भएको बताए।


‘यो पार्टी एकता डाईलेक्टिक मेट्रालिज्म हो, मोटो मसाल बिघटन गर्ने आट नगरेको भए एकताकेन्द्र बन्ने थिएन, एकताकेन्द्र नभत्काई माओवादी हुने थिएन, माओवादी पनि भत्काएर ए माओवादी र माओवादी केन्द्र बनाएका हौ’, उनले भने, ‘समाजवादी क्रान्तिलाई केन्द्रमा राखेर अब यो पनि भत्काईन्छ।’

माओवादीले समाजवादी क्रान्ति गर्नकै लागि वाम एकताको प्रस्ताव राखेको उनको भनाइ थियो। ‘बाहिर हल्ला चलेजस्तै तपाईंहरुलाई लाग्ला उकता सत्ता प्राप्तीका लागि गरिएको हो भन्ने’, उनले भने, ‘सत्ता त हामीले पाएकै थियौँ यो एकता क्रान्ति गर्नकै लागि हो।’

उनले समाजवादी क्रान्तिका माओवादीले एक्लै गर्न नसक्ने भन्दै त्यसैका लागि वाम एकताको प्रक्रिया अगाडि बढाएको बताए। समाजवादी क्रान्ति सम्पन्न गर्नु एकमात्रै उद्देश्य रहेको भन्दै उनले भने, ‘मलाई नेपालमा समाजवादी क्रान्ति सम्पन्न भएको हेरेर मात्रै मर्ने मन छ।’



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1867746 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top