रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछः राष्ट्रपति



राजनिति   152 पटक पढिएको        

तनहुँ, असोज २३ राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताएकी छन्। गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को सोमबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन्।

शान्ति, स्थिरता र विकासले मात्रै लोकतन्त्रलाई बलियो बनाउँछः राष्ट्रपति


 यस महत्वपूर्ण अवसरमा एकीकरण अभियानका महानायक पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ रहेको थियो।

राष्ट्रपति भण्डारीले पूर्वीय दर्शनले अङ्गीकार गरेका मानवीय मूल्य र मान्यताको प्रचार उच्च नैतिकतायुक्त मानव समाजको निर्माण, परोपकारी भावनाको विकास एवं स्वच्छ र शान्त जीवन पद्धति विकास गर्न धार्मिक महोत्सव फलदायी हुने उहाँले विश्वास व्यक्त गरे।

यसै प्रसंगमा आफ्ना पूर्वजहरु (पाण्डे) गोरखाबाट बसाइँ–सराइ हुँदै भोजपुर (राष्ट्रपति भण्डारीको माइती) गएको ऐतिहासिक तथ्यको स्मरण गर्दै राष्ट्रपति भण्डारीले पुर्खाको थातथलोमा पुनः एकपटक भेटघाट गर्ने अवसर मिलेकोमा हर्षको अनुभूति भएको बताइन्।

एकीकरणको अभियानदेखि नै साहस, वीरता, एकता र जातीय सहिष्णुताको ऐतिहासिक उदाहरण प्रस्तुत गरिसकेको गोरखा एउटा गौरवशाली भौगोलिक क्षेत्रका रुपमा नेपालको राजनीतिक भूगोलमा सदा अङ्कित रहनेछ भन्ने विश्वास लिएको पनि उनको भनाइ थियो।

शिक्षा, शान्ति र समुन्नतिको महत्वपूर्ण आधार भएको र चेतना र जागरणको माध्यम पनि शिक्षा भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मौलिक मानव अधिकारका रुपमा रहेको शिक्षाको पहुँच सबैमा पु¥याउनुपर्ने बताइन्।

स्थानीय तहको निर्वाचन उल्लासमय वातावरणमा सम्पन्न भएको छ भने चाँडै नै प्रदेश र संघीय संसद्लगायत निर्वाचन हुन गइरहेको बताउँदै राष्ट्रपति भण्डारीले यी सबै निर्वाचन सम्पन्न भइसक्दा नेपालको लोकतान्त्रिक प्रणाली र राज्य पुनःसंरचना प्रक्रियाले महत्वपूर्ण इतिहास रच्ने महसुश गरेको बताइन्।

प्राकृतिक सम्पदा र सांस्कृतिक विविधताले सम्पन्न गोरखा, लमजुङ र तनहुँ जिल्लाको सङ्गमस्थल एवं पवित्र मस्र्याङ्दी र चम्पावती नदी तट पालुङटारमा अवस्थित यस नगरलाई नेपाल सरकारले स्मार्ट सिटीका रुपमा घोषणा गरेसँगै स्थानीय जनसमुदायको ठूलो उत्साहका साथ शैक्षिक र आर्थिक पूर्वाधार विकासका लागि प्रक्रियागत रुपमा लागिपर्नु खुशीको विषय भएको राष्ट्रपति भण्डारीले बताइन्।

घोषित नमूना गाउँ तथा नगर क्षेत्रको समृद्धिका निमित्त विकासको बृहत्तर गुरुयोजना तर्जुमा गरी प्रभावकारिताका साथ कार्यान्वयन गर्नुपर्ने खाँचो रहेको उनले बताइन्। हाम्रो हरेक गाउँ र नगरको विकासबाटै समग्र नेपाल समृद्ध हुने भएकाले यस दिशामा एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्न पालुङटार नगरी अग्रसर भएको भन्ने लागेको राष्ट्रपति भण्डारीले बताइन्।

सो अवसरमा राष्ट्रपतिले यहाँ अवस्थित नदी प्रणालीको सदुपयोग गरी विकासका निमित्त सिँचाइको यथोचित प्रबन्ध गर्न, स्वास्थ्य सेवालाई विस्तार र सृदृढ पारी जनस्वास्थ्यमा सबैको पहुँच पु¥याउन, पर्यटन प्रवद्र्धन गरी वैज्ञानिक ढङ्गले बस्ती विकास गर्न खानेपानी, सडक र शिक्षा विकासमा जोड दिन सबैको ध्यानाकृष्ट गरेकी थिइन्। भूकम्पले यस जिल्लामा जनधनको ठूलो क्षति पु¥याएकोमा गहिरो दुःख लागेको राष्ट्रपति भण्डारीको भनाइ रहेको थियो।

भूकम्पपछिको पुनःनिर्माणलाई जोड दिने नेपाल सरकारको नीतिबमोजिम आफू स्वयं भूकम्पको केन्द्रविन्दु रहेको बारपाक पुगेर नजिकबाट अनुभूत गरी पुनःनिर्माण कार्यलाई तीव्रता दिन आह्वान गरेको स्मरण गरिन्।

जोखिम क्षेत्रको संवेदनशीलतालाई मध्यनजर राखी व्यक्तिगत संरचना, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदा, शैक्षिक संस्था एवं सरकारी, सामुदायिक क्षेत्रको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रपति भण्डारीले सम्बद्ध सबैपक्षको ध्यानाकृष्ट गरेकी थिइन्।

जलवायु परिवर्तनले गर्दा तीव्ररुपमा प्राकृतिक विपत्तिका घटना घटिरहेको सन्दर्भमा गुणस्तरीय एवं वातावरण मैत्री र मौलिकतालाई ध्यानमा राखी भौतिक संरचना निर्माणमा यथोचित ध्यान पु¥याउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो।

कार्यक्रम महोत्सव मूल समारोह समितिका अध्यक्ष प्रकाशचन्द्र खनालको सभापतित्वमा भएको थियो। सो अवसरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री नाराणकाजी श्रेष्ठ, पूर्वमन्त्री वाचस्पति देवकोटा, सांसद कमला पन्त, पालुङटार नगरपालिका प्रमुख दीपकबाबु कँडेल लगायतले यस क्षेत्रको विकासका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

महोत्सवमा प्रमुख कथावाचन गोविन्दशरण महाराजले गरेका थिए। पालुङटारलाई प्राविधिक शिक्षा तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नेपालकै नमूना शैक्षिक केन्द्र निर्माण गर्नका लागि असोज २२ देखि २९ गते सम्म महोत्सवको आयोजना गरिएको हो।

आगामी पाँच वर्षभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्याम्पसको स्थापना गर्ने पनि समितिले जनाएको छ।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271569 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top