रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
राजनिति

कमल थापा दुबै गठबन्धनसँग वार्गेनिङमा



राजनिति   200 पटक पढिएको        

काठमाडौं, असोज २१ कांग्रेसले अगुवाइ गरिरहेको लोकतान्त्रिक गठबन्धनमा प्रतिनिधि पठाएको राप्रपा अध्यक्ष कमल थापा अझै पनि कुन गठबन्धन रोज्ने भन्नेमा दोधारमा देखिएका छन्। गठबन्धनका दलहरु सिट वाँडफाँटमा लागिरहेका बेला शुक्रबार अवेर मात्र नेता थापाले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर ‘राप्रपालाई सम्मानजनक सिट दिएमा वाम गठबन्धनलाई सघाउने’ प्रस्ताव राखे।

कमल थापा दुबै गठबन्धनसँग वार्गेनिङमा


‘उहाँले कांग्रेस गठबन्धनमा रहेका दलहरुका एजेन्डा भन्दा एमालेसँग रहेका दलहरु एजेन्डाहरु मन परेको कुरा पनि अध्यक्षलाई सुनाउनुभएको छ’ एमाले अध्यक्ष केपी ओली नजिक एक नेताले भने, ‘एक हिसवाले हेर्दा राप्रपा बार्गेनिङको मुडमा पुगेजस्तो देखिन्छ।’

केपी ओली सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री समेत रहेका थापाले वाम गठबन्धन लगत्तै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर लोकतान्त्रिक गठबन्धन बनाउन आफूले सघाउने बचन दिएका थिए। पछि, वार्ता–क्रममा कांग्रेसले राप्रपालाई कम्तिमा पनि १५ सिट छोडिदिनु पर्ने सर्त राखेको राप्रपाले लोकतान्त्रिक गठबन्धनमा त्यति हिस्सा पाउने संकेत नपाएपछि थापाले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटमा ओलीले, वाम गठबन्धनमा आउने भए एक पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर कुरा राख्न थापालाई आग्रह गरेका थिए। यद्यपी, उनले आफू राष्ट्रवादी शक्तिहरु वामपन्थी गठबन्धनमा नै समेट्ने पक्षमा रहेको राय उनले राखेका थिए।










सम्बन्धित शिर्षक समाचारहरु

नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह

संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती

विधार्थी फोरम नेपालको जिल्ला अधिवेशन भव्यताका साथ् सम्पन्न

गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत देबकोटाको भब्य बिदाई

प्रमुख जिल्ला अधिकारि बिरुद्ध मुद्दा हाल्ने तयारीमा कानुन मन्त्री यादव

डुङ्गा पल्टिएर बेपत्ताका परिवारलाईसांसद झा द्वारा १० लाख क्षतिपूर्ति माग

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    407    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    32    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2366695 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top