रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
राजनिति

पोलिट्ब्युरो बैठकमा माओवादी नेताहरुले भनेः वाम एकता अवसर र खतरा दुबै



राजनिति   7 पटक पढिएको        

काठमाडौँ, असोज २१ शनिबारदेखि काठमाडौँमा सुरु भएको नेकपा माओवादी केन्द्रको बैठकमा नेताहरुले बोल्ने क्रम सुरु भएको छ। अहिलेसम्म बैठकमा नेताहरु रामबहादुर थापा 'बादल', कृष्णबहादुर महरा र वर्षमान पुन ‘अनन्त’ले बोलेका छन्। उनीहरुले वामपन्थी एकता अवसर र खतरा दुवै भएको बताएका छन्।

पोलिट्ब्युरो बैठकमा माओवादी नेताहरुले भनेः वाम एकता अवसर र खतरा दुबै


नेता रामबहादुर थापा बादलले एमालेसहितका दलसँग एकता गर्ने कुरामा ठूलो खतरा रहेको बताएका छन्। उनले एमालेसँगको एकतामा अस्तित्व रक्षाको प्रश्न र विचारको प्रश्न महत्वपूर्ण भएको बताए। उनले अहिले आफूहरुले एकताका लागि सबै कुरा स्वीकार गरे पनि पछि सबै स्वीकार गर्न नसकिने बताए। एकता गर्ने निर्णय सकरात्मक भए पनि त्यसमा गम्भीर छलफल गर्न उनले माग समेत गरे।

वामपन्थी गठबन्धन र एकता भाँड्न देशी विदेशी शक्तिले ठूलो षड्यन्त्र गरिरहेको भन्दै उनले त्यसतर्फ सजक रहनुपर्ने बताए।

अर्का नेता कृष्णबहादुर महराले वामपन्थी एकता भारत, चीन र अमेरिका मात्रै नभएर विश्वभर नै तरङ्ग पैदा गरेको बताए। परराष्ट्रमन्त्री समेत रहेका नेता महराले भने, ‘वाम एकताले विश्वभर नै तरङ्ग पैदा गरेको छ।’ उनले आफूले परराष्ट्र मन्त्रलयमार्फत विश्वमा उत्पन्न गरेको तरङ्गका बारेमा जानकारी आइरहेको समेत बताए।

पार्टी एकता गर्नुअधि धेरै विषयमा छलफल गर्न आवश्यक रहेको भन्दै उनले मुख्य छलफल माओवाद र विचारधारका बारेमा हुने बताए। ‘हामीले माओवाद भन्दै आइरहेका छौँ, एमालेले माओविचार भन्छ’, नेता महराको भनाइ उल्लेख गर्दै एक पोलिट्ब्युरो सदस्यले नेपालखबरलाई भने, ‘अब कि त हामीले माओवाद छाड्नु पर्‍यो, कि त एमालेले स्वीकार गर्नुपर्‍यो।’

अर्का नेता वर्षमान पुन ‘अनन्त’ले आफूलाई पार्टी एकताको विपक्षमा भएको भनि गलत हल्ला चलाइएको बताए। आफू एकताको पक्षधर भएको भन्दै नेता पुनले एकतामा ठूलो खतरा र अवसर दुवै रहेको बताए। एकतापछि हुने दुर्घटनाका बारेमा सचेत हुनुपर्ने उनको भनाइ थियो। ‘मेरो चाहना पार्टी दूर्घटनामा नपरोस् भन्ने हो’, उनले भने, ‘रणनीतिक कदम राम्रो भए पनि चुनाव नहुने स्थिति आयो भने सबैभन्दा ठूलो घाटा माओवादीलाई नै हुन्छ।’

बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2271550 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top