वामपन्थी एकता राष्ट्र निर्माणको महान् यज्ञ होः ओली /* - - - Script for Auto Navigation - - - */

वामपन्थी एकता राष्ट्र निर्माणको महान् यज्ञ होः ओली

काठमाडौँ, असोज २०


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीहरुका बीचमा हुन लागेको एकता राष्ट्र निर्माणका लागि महान् यज्ञ भएको बताएका छन्।


शुक्रबार काठमाडौँको बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थीहरु मिल्ने खबरले नै एकथरी आत्तिएर कम्युनिस्टहरु अधिनायकवादी हुन्छन् भनेर हल्ला चलाउन थालेको बताए। उनले भने, ‘ हामी वामपन्थीहरु मिलिसकेका छैनौं, मिल्ने बाटोमा अघि बढेका हौं। मिल्ने खबर सुनेर आत्तिएका एकथरीले अहिल्यै कम्युनिस्टहरु अधिनायकवादी हुन्छन् भनेर हल्ला चलाउन थाले।’

सत्तारुढ दल नेपाली कांग्रेसतर्फ संकेत गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश र डिआइजीलाई धुरुधुरु रुवाउनेले अधिनायकवादी भन्न नसुहाउने बताए। उनले अल्पमतमा परेपछि एमालेले सरकारबाट राजीनामा दिएको समेत बताए।

उनले सत्तामा जान र बहुमत ल्याउनका लागि एकता नगरेको भन्दै नेकपा एमाले एक्लैले पनि बहुमत ल्याउन सक्ने दावी गरे। उनले भने, ‘देशलाई अनुकुल ढङ्गले अघि बढाउन अरुलार्इ पनि सामेल गराउ भनेर एकता गर्न लागिएको हो।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वामपन्थीहरुको गठबन्धन र एकतालाई बिथोल्न खोज्ने तत्व सक्रिय भएका भन्दै एकता अभियानलाई दृढतापुर्वक अघि बढाउनुपर्ने बताए।

कार्यक्रममा पूर्व डिआइजी नवराज सिलवाल, गायक सञ्जय श्रेष्ठ, फोरम नेतृ मिना राजवंशी लगायतका व्यक्तिहरु एमालेमा प्रवेश गरेका थिए।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787664 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top