चीनको सबैभन्दा अत्याधुनिक अनुसन्धान जहाज काइकुले एक महिनाको अवधि सो क्षेत्रको समुद्री अनुसन्धानमा बिताएको थियो। त्यसबेला चिनियाँ अनुसन्धानकर्ताहरुले आफूहरु ‘अमेरिकी जासुसी विमानको नाकमुनि’ बस्नुपरेको बताएका छन्।
अगस्ट ५ देखि सेप्टेम्बर ५ सम्म चलेको सो अनुसन्धानमा अमेरिकी नेभी पी३–ओरियोन विमानले चिनियाँ जहाजको पिछा गरेको थियो।
यद्यपि सो क्षेत्रको संवेदनशीलताबारे टोलीका वैज्ञानिकहरु सचेत रहेको टोलीका मुख्य अनुसन्धानकर्ता सु कुइदोङको भनाइ एससिएमपीले उधृत गरेको छ।
गुआममा अमेरिकाले तुरुन्तै आक्रमणमा उत्रिन सक्ने आणविक पण्डुब्बी जहाजहरु राखेको छ। यो अमेरिकाको रक्षा प्रणालीमा रणनीतिक महत्व बोकेको स्थान पनि हो। त्यसैकारण उत्तर कोरियाले गुआम नजिकै पानीमा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको थियो। एजेन्सी
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |
![]() |