रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
अन्तर्राष्ट्रिय

अमेरिकी जासुसी विमानले चिनियाँ वैज्ञानिकको पिछा



अन्तर्राष्ट्रिय   4 पटक पढिएको        

एजेन्सी, असोज १८ एसिया प्रशान्त क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको गुआमनजिकै चिनियाँ पानीजहाजले समुद्री खोज गरिरहँदा अमेरिकी जासुसी विमानले आफूहरुको निगरानी गरेको चिनियाँ वैज्ञानिकहरुले बताएका छन्।

अमेरिकी जासुसी विमानले चिनियाँ वैज्ञानिकको पिछा


चीनको सबैभन्दा अत्याधुनिक अनुसन्धान जहाज काइकुले एक महिनाको अवधि सो क्षेत्रको समुद्री अनुसन्धानमा बिताएको थियो। त्यसबेला चिनियाँ अनुसन्धानकर्ताहरुले आफूहरु ‘अमेरिकी जासुसी विमानको नाकमुनि’ बस्नुपरेको बताएका छन्। 

अगस्ट ५ देखि सेप्टेम्बर ५ सम्म चलेको सो अनुसन्धानमा अमेरिकी नेभी पी३–ओरियोन विमानले चिनियाँ जहाजको पिछा गरेको थियो।

यद्यपि सो क्षेत्रको संवेदनशीलताबारे टोलीका वैज्ञानिकहरु सचेत रहेको टोलीका मुख्य अनुसन्धानकर्ता सु कुइदोङको भनाइ एससिएमपीले उधृत गरेको छ।

गुआममा अमेरिकाले तुरुन्तै आक्रमणमा उत्रिन सक्ने आणविक पण्डुब्बी जहाजहरु राखेको छ। यो अमेरिकाको रक्षा प्रणालीमा रणनीतिक महत्व बोकेको स्थान पनि हो। त्यसैकारण उत्तर कोरियाले गुआम नजिकै पानीमा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको थियो। एजेन्सी










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272393 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top