रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
अर्थ

मासिक ०.९% ब्याजमै एनआइसी एसियाको घर कर्जा, गाडी र घर दुबै लिए गाडीको किस्ता अवधि २५ बर्ष



अर्थ   118 पटक पढिएको        

काठमाडौं।

मासिक ०.९% ब्याजमै एनआइसी एसियाको घर कर्जा, गाडी र घर दुबै लिए गाडीको किस्ता अवधि २५ बर्ष

 एनआइसी एसियाले दसैंतिहारलाई लक्षित गरेर घर कर्जा स्किम ल्याएको छ। बैंकले घर तथा जग्गा खरीद गर्न, घर बनाउनका लागि ऋणको स्किम ल्याएको हो।
 'एनआइसी एसिया बैंकको दसैंतिहार उपहार, घर कर्जामा छुटै छुटको बहार' नामको विशेष योजना ल्याएको बैंकले जनाएको छ। मासिक ब्याज ०.९ प्रतिशत रहेको घर कर्जा ल्याएको हो।
 
ग्राहकले घर कर्जाका लागि आवश्यक सबै कागजपत्र उपलब्ध गराएको तीन कार्य दिनभित्रै ऋण उपलब्ध गराउने छ। ब्याज वाहेक प्रोसेसिङ शुल्क, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचनालगायतका कुनै पनि शुल्क ग्राहकले तिर्नु पर्दैन।
 
अरु बैंकमा घरजग्गा ऋण भए त्यो स्वाप गरेर एनआइसी एसियामा ल्याउन सकिन्छ। कर्जाको अवधि २५ बर्षसम्मको हुने छ। दुई बर्षसम्म बैंकले ब्याज दर नबढाउने विज्ञप्तिमा उल्लेख गरेको छ।
 
कर्जाका लागि अनलाइनबाटै बैंकको वेवसाइटमार्फत कर्जा पाउने योग्य छ/छैन जाँच गर्न सकिने सुविधा पनि उपलब्ध छ। किस्ता वा ब्याज मात्र, कसरी भुक्तानी गर्ने त्यो सुविधा पनि उपलब्ध छ। ग्राहकले आवश्यकता अनुसार घर कर्जा आवधिक वा ओभरड्राफ्टका रुपमा पनि लिन सक्ने छन्।
 
घर कर्जासँगै सवारी साधन कर्जा पनि उपभोग गर्न चाहने ग्राहकलाई गाडीको कर्जाको अवधि पनि घरकै जति २५ बर्षको हुने छ। गाडी मात्र लिन चाहने ग्राहकसँग पनि बैंकले कुनै पनि शुल्क तथा दस्तुर नलिने जनाएको छ।
 
बैंकले समुन्नती बचत खातामा बार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ। बैंकका १२५ शाखा, ४ एक्सटेन्सन काउन्टर र ११९ एटिएम सञ्चालनमा रहेको निमित्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272444 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top