रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
अन्तर्राष्ट्रिय

अमेरिकामा भीषण गोलीबारी, ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते



अन्तर्राष्ट्रिय   10 पटक पढिएको        

लस भेगास, १६ असोज संयुक्त राज्य अमेरिकाको लस भेगासमा आइतबार राति मच्चिएको भीषण गोलीकाण्डमा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । ५०० जनाभन्दा बढी घाइते भएका छन् ।

अमेरिकामा भीषण गोलीबारी, ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते



लस भेगासस्थित होटलमा सांगीतिक कार्यक्रम भइरहेका बेला एक बन्धुकधारीले अन्धाधुन्ध गोली बर्साएका थिए । मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । यो गोलीकाण्डलाई अमेरिकी इतिहासकै डरलाग्दो मानिएको छ । ६४ वर्षीय ती बन्दुकधारीले होटलको ३२ औं तलाबाट गोली बर्साएका थिए ।

स्थानीय समयअनुसार आइतबार राति १० बजेर ८ मिनेटमा होटल बाहिर चलिरहेको कन्सर्टमाथि लस भेगासका स्टेफेन प्याडकले स्वचालित हतियारबाट गोली चलाएका थिए । मेन्डले बे रिसोर्ट एन्ड क्यासिनो बाहिर खुला आकाशमुनि कन्सर्ट चलिरहेको थियो । तीनदिने सांगीतिक महोत्सवको अन्तिम दिन आइतबार राति अमेरिकी गायक जेसन एल्डिनले स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका बेला अन्धाधुन्ध गोली चलेको थियो । एकाएक स्वचालित गोलीको आवाज सुनिएपछि संगीत रोकिएको थियो । लगत्तै भागदौड मच्चिएको रेकर्डमा रहेको भिडियोलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

भिडियो रेकर्डअनुसार पहिलोपटक नौ सेकेन्डसम्म गोली चलेको थियो । बन्दुकधारीले करिब ३७ सेकेन्डको विश्राम लिएपछि पुन: गोली बर्साएका थिए । उनले तेस्रो पटक पनि करिब पाँच सेकेन्ड फायर गरेका थिए ।

गोलीकाण्ड सुरु भएलगत्तै होटल परिसरमा विशेष हतियार एवं रणनीतिमा पोख्त मानिने अमेरिकी सुरक्षा दस्ता ‘स्वाट टिम’ प्रवेश गरेको थियो । अन्धाधुन्ध गोली प्रहारपछि आक्रमणकारीले आफैंलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । शंकास्पद आक्रमणकारीको शव भेटिएको कोठामा १० वटा बन्दुक फेला परेका थिए ।

सोमबार रातिसम्म पनि आक्रमणकारीको नियत बुझ्न नसकिएको प्रहरीले जनाएको छ । गोलीकाण्ड मच्चाउने बन्दुकधारी एक्लै रहेको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारीले स्वचालित बन्दुकबाट सयौं राउन्ड गोली प्रहार गरेको आवाज सुनिएको थियो । मानिसहरूको भागदौडले कन्सर्टस्थलमा पूरै कोलाहल मच्चिएको थियो । उक्त सांगीतिक कार्यक्रममा करिब २२ हजार मानिस उपस्थित थिए । गोलीकाण्डपछि सडकमा रगत लत्पतिएको थियो । लगत्तै सयौं एम्बुलेन्स परिचालन गरिएका थिए । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै लस भेगास एयरपोर्टका दर्जनौं उडानलाई अन्यत्र डाइभर्ट गरिएको थियो । सन् २०१६ को जुन १२ मा फ्लोरिडाको ओरल्यान्डोस्थित रात्रि क्लबमा भएको गोलीकाण्डमा ४९ जनाको मृत्यु भएको थियो ।

बन्दुक राख्न पाइने संवैधानिक अधिकार रहेको अमेरिकामा पटकपटक यस्ता घटना दोहोरिँदै आएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । आक्रमणको अन्तर्राष्ट्रिय आतंकवादी समूहहरूसित कुनै सम्बन्ध रहे/नरहेको तत्काल यकिन हुन नसकेको अमेरिकी अधिकारीहरूले जनाएका छन् । आईएसले भने यसमा आफ्नो संलग्नता दावी गरेको छ ।











सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    392    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    30    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2362705 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top