किम जोङ नाम हत्या आरोपी दुई महिलाद्वारा निर्दोष रहेको दाबी /* - - - Script for Auto Navigation - - - */

किम जोङ नाम हत्या आरोपी दुई महिलाद्वारा निर्दोष रहेको दाबी

एजेन्सी, असोज १६


उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नाम हत्याका आरोपी दुई महिलाले आफूहरु निर्दोष रहेको दाबी अदालतसमक्ष गरेका छन्। मलेसियाको एक अदालतमा सुरु भएको सुनुवाइमा उनीहरुले यस्तो दाबी गरेका हुन्।


फेब्रुअरीमा भएको हत्याको आठ महिनापछि सुरु भएको सुनुवाइमा भियतनामकी २९ वर्षीया दान थी हुओङ र इण्डोनेसियाकी २५ वर्षीया सिती आसियाहविरुद्ध हत्या अभियोग लगाइएको छ। हत्या अभियोग पुष्टि भए उनीहरुलाई मृत्युदण्ड दिइनेछ।

क्वालालम्पुरको शाह आलमस्थित अदालतमा दुई महिलालाई बुलेटप्रुफ कपडा लगाएर पुर्‍याइएको थियो। अभियोक्ताले उनीहरुको उद्देश्य पनि किम जोङ नामको हत्या गर्नु नै भएको बताएका छन्।

किम जोङ नाम

किम जोङ नाम

फेब्रुअरीमा किम जोङ नामको क्वालालम्पुरको एक विमानस्थलमा हत्या भएको थियो। उनीविरुद्ध विषालु नर्भ एजेन्ट प्रयोग गरिएको बताइएको छ। तर यी दुई महिलाले आफूहरु टिभी प्रांकमा भाग लिइरहेको ठानेर सो कार्य गरेको बताउँदै आरोपबाट इन्कार गरेका छन्।

अभियोक्ताहरुले ती दुई महिलासँगै अन्य फरार चार जनाविरुद्ध पनि आरोप दर्ता गराएका छन्। ती चारमध्ये सो काण्डमा नाम जोडिएका एक उत्तर कोरियाली व्यक्ति पक्राउ पर्नुअघि नै मलेसियाबाट भागिसकेका थिए भने अन्य तीन जनालाई मार्च महिनामा मलेसियाले उत्तर कोरियामा रहेका ९ जना कूटनीतिक कर्मचारी र तिनका परिवारको बदलामा जान दिएको थियो।

किम जोङ नामको हत्यापछि मलेसिया र उत्तर कोरियाबीच कूटनीतिक तनाव उत्पन्न भएको थियो। हत्यामा आफ्नो हात रहेको उत्तर कोरियाले अस्वीकार गर्दै आएको छ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643190 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top