रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
राजनिति

वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरम विजय



राजनिति   13 पटक पढिएको        

असोज ११ देशकै कान्छो महानगरपालिका वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी विजयी भएका छन्। सरावगी १९३९३ मतसहित वीरगञ्जको पहिलो मेयर बन्न सफल भएका हुन्।

वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरम विजय


उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीले १७१९७ मत ल्याए। कांग्रेस र समाजवादी फोरमबीच तीव्र टक्कर रहेको वीरगञ्जमा सरावगी २१९६ मतको अन्तरले विजयी भएका हुन्।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेसकी ८७ वर्षीया शान्ति कार्की विजयी भएकी छन्। कार्कीले १९६०८ मत ल्याएकी छन्। उनी मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा थिइन्।

सरावगीको विजय सुनिश्चित भएदेखि नै समाजवादी फोरमका नेताकार्यकर्ताले खुसियाली मनाउन सुरु गरेका थिए।

वीरगञ्जका ३२ वडामध्ये संघीय समाजवादी फोरमले १२, कांग्रेसले १०, एमालेले ५, राजपाले ३, माओवादीले १ र लोकतान्त्रिक फोरमले १ वडामा विजय हात पारेका छन्।

वीरगञ्जका प्रतिष्ठित उद्योगपति सरावगी छ महिनाअघि मात्र समाजवादी फोरममा प्रवेश गरेका थिए। पार्टीमा उनलाई प्रदेश कोषाध्यक्षको जिम्मेवारी दिइएको थियो। त्यसअघि उनी प्रत्यक्ष राजनीतिमा नभए पनि कांग्रेसनिकट मानिन्थे।

बेरोजगारी अन्त्य, बाटो, बिजुली, बैंकजस्ता सुविधा उपलब्ध गराउने वाचा गरेर निर्वाचनमा होमिएका उद्योगी सरावगीलाई वीरगञ्जका मतदाताले पत्याएका छन्। कडा प्रतिस्पर्धा रहेको वीरगञ्जमा विजयको चुनौती उनले पार लगाएका छन्। सँगसँगै आफूले गरेका वाचा पूरा गर्ने र देशकै लाइफलाइन मानिने वीरगञ्जको मुहार फेर्ने चुनौती पनि उनका सामु उभिएको छ।










सम्बन्धित शिर्षक समाचारहरु

पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत

संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती

विकास र समृद्धिका लागि सामाजिक न्याय पहिलो सर्तः भट्टराई

कम्युनिष्टहरु लोकतन्त्रवादी हुनु र बाघले घाँस खानु उस्तैः देउवा

बजेट सदुपयोग भए पाँच वर्षमा मुलुकको मुहार फेरिन्छ: उपप्रम यादव

विधान संशोधन गरेरै भए पनि तत्काल महाधिवेशन गर्नुपर्छः केसी



रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270313 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top