राजपाका अनिल झाको घरमा माओवादीका डिके झा विजयी /* - - - Script for Auto Navigation - - - */

राजपाका अनिल झाको घरमा माओवादीका डिके झा विजयी

रौतहट, असोज ७


दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मा अध्यक्ष पदमा यूवाहरुको ढुकढुकी डिके झा विजयी भएका छन् । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य रहेका अनिल कुमार झाको गाउँमा माओवादी केन्द्रका यूवा एवं प्रभावशाली नेता विजयी भएका छन् ।
मत्सरीमा यूवाहरुको ढुकढुकीको रुपमा चिनिने तथा विकाशप्रेमी नेताको रुपमा रहेका डिके झालाई जनताले रोजेर रापजा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झालाई ठुलो पाठ सिकाएका छन् ।

समानुपातिक प्रणलीबाट सदस्यमा हुदै मन्त्री बन्नु र जनताको अभिमतबाट जित्नुमा ठुलो फरक रहेको छ । जनतालाई जन्तु बुझ्ने गरेका कारण नै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले आफ्नो गाउँमा समेत राजपालाई जिताउन सकेन् ।

वडा अध्यक्षमा डिके झा विजयी भए संगै मत्सरीको चौतर्फी विकास हुनेमा स्थानिय वासिन्दा ढुक्क छन् ।
रौतहट अनलाईन संग कुरा गर्दैै वडा अध्यक्ष डिके झाले यूवाहरुको चाहनालाई मध्यनजर गर्दै मत्सरीलाई फ्री वाईफाई जोन बनाउने बताउनु भयो त्यसै अन्र्तगत एक दुई दिनमै मत्सरी दुर्गा भगवती मन्दीरमा ईन्टरनेट जोडिने बताउनु भयो ।

साथै आफ्नो कार्यकालमा मत्सरीमा कुनै कच्ची सडक नहुने बताउनु भयो । सडकहरु पक्की गरिने, नाला सहितको सडक हुने, सोलार जडान, घरविहिन दलितहरुलाई घर, प्रत्येक नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी, कृषीमा सामान पहुच, सूचनाको हक र अधिकारको कार्यन्वयन, वतावरण मैत्री वडा, जनतालाई सुशासनको प्रत्याभुती गराउनमा आफु दिन रात खटिने बताउनु भयो ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1787589 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top