७३ होइन,७७ प्रतिशत मत खस्यो २ नम्बर प्रदेशमा - निर्वाचन आयोग /* - - - Script for Auto Navigation - - - */

७३ होइन,७७ प्रतिशत मत खस्यो २ नम्बर प्रदेशमा - निर्वाचन आयोग

काठमाडौं, असोज ३


दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा भएको निर्वाचनमा ७३ प्रतिशत मत खसेको बताएको निर्वाचन आयोगले मंगलबार भने ७७ प्रतिशत मत खसेको बताएको छ।


दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा भएको निर्वाचनमा ७३ प्रतिशत मत खसेको बताएको निर्वाचन आयोगले मंगलबार भने ७७ प्रतिशत मत खसेको बताएको छ।

मतदान सकिए लगत्तै सोमबार साँझ निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सफल भएको र ७३ प्रतिशत मत खसेको जानकारी दिएका थिए। तर, आयोगका प्रवक्ता नवराज ढकालले सोमबार भएको आठ जिल्लाका १३६ स्थानीय तहमा ७३ नभई ७७ प्रतिशत मत खसेको जानकारी दिएका छन्।

निर्वाचन आयोगले सबैभन्दा बढी मत रौतहटमा ८० दशमलब ४ प्रतिशत खसेको जनाएको छ। रौतहटपछि पर्सामा ८० दशमलब १ र बारामा ७९ दशमलब ४ प्रतिशत मत खसेको प्रवक्ता ढकालले बताए।

उनका अनुसार आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त विवरण अनुसार सप्तरीमा ७६ दशमलब ४, सिरहामा ७७ दशमलब ४, धनुषामा ७३ दशमलब ७, महोत्तरीमा ७३ दशमलब ३ र सर्लाहीमा ७६ दशमलब ३ प्रतिशत मत खसेको छ।



कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Rautahat Online

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com, Skype : khgsindhuli

Email: rautahatonline@gmail.com

1643140 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top