रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
विचार/विश्लेषण

मेरो तन मन धन मधेशी जनता माझ नै छ – देउवा



विचार/विश्लेषण   9 पटक पढिएको        

रौतहट, ३० भदौ नेपाली काग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुरले आज गरुडाको आम सभामा भन्ने मेरो तन मन घन मधेशी जनता माझ नै रहेको बताए । आमसभामा सेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायतका दर्जनभन्दा बढी नेता तथा कार्यक्रम गस्डाको आम सभामा समिलित भएका छन् ।

मेरो तन मन धन मधेशी जनता माझ नै छ – देउवा


Image may contain: one or more people and outdoorमधेसका चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले मधेसी भोटलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्। डा.शशांक कोइरालाले संविधान असफल भए पनि नेपाली काँग्रेसले निरन्तर प्रयास गरी संशोधन गर्ने स्पष्ट पारे।

मधेसी मतदाताको नाडी छाम्दै काँग्रेसका वरिष्ठ नेताहरुले सिंहदरबारको अधिकार गाउँघरमा नेपाली काँग्रेसले ल्याएको दाबी गरेका छन्। रौतहटको गरुडामा जिल्लास्तरीय आमसभालाई विहीवार सम्बोधन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणको बेला भारतीय प्रधानमन्त्रीसँग कुराकानी गरेको र अब मधेसमा डुबान नहुने बताएका छन्। तराई मधेसको मुख्य समस्या नै डुबान रहेको सन्दर्भमा भारतीय प्रधानमन्त्रीले दुई देशको प्राविधिक टोली खटाएर अध्ययन गरी पानीको निकास दिने आश्वासन दिएको सुनाउँदै प्रधानमन्त्री देउवाले देशको सबैभन्दा बढी बाढी प्रभावित जिल्ला रौतहटको पनि मुख्य समस्या समाधान हुने दोहो¥याएका छन्।
Image may contain: 1 person, standing and outdoor
बाराको निजगढमा अन्तर्रा्ष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको निर्माण भएपछि मधेसमा नै विकास र समृद्धिको लहर आउने बताउँदै देउवाले नेपाली काँग्रेसको नेतृत्व स्थानीय तहमा पनि आवश्यक रहेको बताएका छन्।

सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई मधेसीको सम्मानको दस्तावेज बताउन नेपाली काँग्रेसले रोजगारी र समृद्धिको अभियान चलाउने आश्वासन दिए्। पौडलले एमाले, माओवादी तथा मधेसवादी लगायतका दलहरु सिद्धान्तविहीन पार्टी भएको आरोप लगाउँदै जनतासित ठगी गरेकोमा धेरै समय टिक्न नसक्ने बताए।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270312 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top