रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
देश

धनुषामा एमालेभित्र विवाद



देश   62 पटक पढिएको        

धनुषा, भदौ २३ उम्मेदवारको विषयलाई लिएर धनुषा एमालेमा देखिएको विवाद सतहमा आएको छ । एमाले नगर कमिटीका अध्यक्ष सहित जिल्ला कमिटीका सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरि असन्तुष्ट सार्वजनिक गरेका हुन् ।

धनुषामा  एमालेभित्र विवाद


उनीहरुले नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीबाट सर्वसम्मत भएका उम्मेदवारलाई जिल्ला कमिटीका अध्यक्ष राजकिशोर यादवले उल्टाउने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।

जिल्ला कमिटीका अध्यक्ष यादवले आर्थिक चलखेलका आधारमा उम्मेदवार उल्टाउने काम गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले पार्टी नेतृत्वले कारवाही नगरे आधिकारिक उम्मेदवारविरुद्ध उत्रने चेतावनी समेत दिए ।

‘पार्टीबाट सर्वसम्मत रुपमा चयन भएका उम्मेदवारलाई पैसा लेनदेन गरेर जिल्ला कमिटीका अध्यक्षले उम्मेदवार उल्टाएका हुन्’ सुरेन्द्र राईले भने,‘यसलाई सच्चाउने काम भनेको पार्टी अध्यक्षलाई कारवाही हो । कारवाही भएन भने मधेसमा एमालेलाई ठुलो क्षति पुग्छ ।’

पत्रकार सम्मेलनमा असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार दिने उम्मेदवारहरु समेत उपस्थित थिए । पत्रकार सम्मेलनमा बाँडिएको प्रेस विज्ञिप्तिमा जनकपुर उपमहानगरपालिकाको वडा नं ८ मा मोहन उपाध्यायको ठाउँमा दिनेशकुमार सिंह, वडा नं ११ मा रामसिकिल मण्डलको नाममा सर्वसम्मत भएकोमा विनोद मण्डललाई दिइएको, वडा नं १३ मा कमला कवारीको ठाउँमा शुभनारयाण मण्डल, वडा नं २० मा धैर्यकान्त झाको ठाउँमा रामसोभित दास, वडा नं २२ मा रामसोभित मण्डलको ठाउँमा प्रदीप कुमार ठाकुरलाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टहरुले आक्रोश पोखेका हुन । उनीहरुले जिल्ला कमिटीबाट सर्वसम्मत भएको निर्णय पुस्तिका समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

पार्टीको जिल्ला कमिटीले सर्वसम्मत रुपमा पठाएको नामलाई उम्मेदवार नबनाइएपछि उनीहरु सबैजना स्वतन्त्रमा उम्मेदवारी हालेका छन् । एमालेको असन्तुष्टी धुनषाकै नगराइन र कमला नगरपालिकामा पनि देखिएको छ । नगराइन नगरपालिकामा वडा नं ७ का अध्यक्ष ब्रहमदेव मण्डलको ठाउँमा रामदुलार मुखिया, वडा नं ८ को वडा अध्यक्ष सुरेन्द्र मण्डलको ठाउंमा सञ्जय राउत र कमला नगरपालिकाको वडा नं १० को मटुक नाथ महतोको ठाउँमा नगेन महतोलाई उम्मेदवार बनाइएको असन्तुष्टहरुको भनाई छ । जिल्ला कमिटीका अध्यक्ष राजकिशोर यादव स्वयम् सबैला नगरपालिकाको मेयरमा चुनाव लडेका छन् ।

उनले केही ठाउँमा त्यस्तो भएपनि अधिकांश ठाउँको सहमतिमै उम्मेदवार दिइएको बताए । आर्थिक चलेखेलका आधारमा उम्मेदवार वितरण भएको आरोप गलत भएको बताउँदै भने,‘अध्यक्षतात्मक पार्टीमा अध्यक्षकै निर्णय मान्नुपर्छ ।’










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270339 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top