रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती     अर्जेन्टिनाले म्याच हारेपछि यी युवकले गरे आत्महत्या    
देश

१४ किलो सुनसहित सामाखुसीबाट पेम्बा दोर्जे पक्राउ



देश   1 पटक पढिएको        

काठमाडौँ, भदौ १५ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १० किलो अवैध सुनसहित राजधानीबाट एक जनालाई पक्राउ गरेको छ।

सिआइबीले बिहीबार काठमाडौँको सामाखुसीबाट १४ किलो सुनसहित सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का पेम्बा दोर्जे शेर्पालाई पक्राउ गरेको हो।

सिआइबीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी शेर्पाको डेराबाछ १४ किलो अवैध सुन बरामत गरेको जानकारी दिएको छ। शेर्पा तातोपानी नाका हुँदै चीनबाट सुन भित्राएर नेपाल हुँर्दै भारत पु¥याउने धन्दामा सक्रिय रहको भन्ने सूचनाका आधारमा उनको डेरामा छापा मारेको सिआइबीले जनाएको छ।

प्रहरीले केही दिन अगाडि तातोपानीबाट २२ किलो अवैध सुन भित्रिएको भन्दै अनुसन्धानलाई तीव्र बनाएको थियो।

ब्युरोका प्रमुख डिआइजी पुस्कर कार्कीले कोठाको दराजमा रहेको कलेजी रंगको झोलामा १२ किलो र दराजको घर्रामा थप २ किलो गरी १४ किलो सुन बरामद भएको बताए।

त्यस्तै प्रहरीले धनुषाबाट चार किलो सुन सहित चार जनालाई पक्राउ गरेको छ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2270319 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top