IBA विधालय बन्यो पिडित बालवालिकाको साथी /* - - - Script for Auto Navigation - - - */

IBA विधालय बन्यो पिडित बालवालिकाको साथी

रौतहट, भदौ ९


रौतहटको बाढि पिडितलाई सहयोग हेतु आई.बि.ए. विधालय गौरले स्टेशनरी लगायत बालवालिकाको लागि लत्ता कपडा वितरण गरेको छ ।


रौतहटका विभिन्न भेगमा गएको भिसण बाढिबाट विधार्थीहरुको पठनपाठनका सामाग्रीहरु समयमा सबैमा नपुगेको बेला आई.बि.ए. विधालय गौरले बालवालिका प्रति स्टेशनरी वितरण गरि पठनपाठनमा पुर्याएको सहयोगले आफु हर्षित भएको बाढि पिडित कक्षा ३ मा अध्यनरत्त विधार्थी सौरब मुखियाले बताएका छन् ।

कक्षा ७ मा अध्ययनरत्त रानी साह आफु लगायत आफ्नो स्कलमा पढने सबै विधार्थीले आफनो एक दिनको खाजा बचाएर कपी बिताब किनी सहयोग गर्न पाएकोमा आफनो स्कुल प्रति गर्ब गरछिन । आई.बि.ए. विधालयका विधार्थीलाई कुसुम प्रतिभा स्टोर्स भन्डाराका बदरिनाथ थपलियाले पिडित बच्चाहरुलाई कपडा उपलब्ध गराईदिएकोमा आई.बि.ए.का प्र.अ. सन्तोष पौडेलले धन्यवाद दिएका थिए ।

४० विधार्थीहरुको सहभागीतामा गौर वडा नं. ५(साविक ८र ९ वडा) स्थित पिडित ११७ जना विधार्थीहरुलाई पाठयपुस्तक सामाग्री लगायत कपडा वितरण गरिएको कुरा प्र.अ. सन्तोष पौडेलले रौतहट अनलाईनलाई बताए । सो कार्यक्रममा महिला अधिकार कर्मी देवकी नेपालको पनि उस्थिति रहेको थियो ।




कमेन्टस



सम्बन्धित तस्विरहरु







Rautahat Media Pvt. Ltd.

Gaur - 8, Rautahat
Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

Editor: Praveen Kumar Sharma
Cell: 9801023044

1868427 times visited !
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © रौतहट अनलाईन २०७३ मा सुरक्षित रहनेछ ।
Top