भारत र नेपालको रक्षा हित आपसमा निर्भर रहेको बताए पनि मोदीले जारी दोक्लम विवादबारे औपाचारिक रुपमा केही बताएनन्।
मोदीले दुवै देशको नियति एकआपसमा जोडिएको उल्लेख गर्दै नेपालको शान्ति र समृद्धिको साझेदार बन्न पाएकोमा खुसी व्यक्त गरे।
मोदीले स्थानीय चुनाव सफल भएकोमा पनि नेपाललाई बधाइ दिए। तर नेपालका सबै वर्गको मागलाई समेटेर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे।
नेपाललाई सबै क्षेत्रमा भारतको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै मोदीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलन्यासमा आफूलाई निमन्त्रणा दिएकोमा पनि देउवालाई धन्यवाद दिए।
उनले पञ्चेश्वरलगायतका योजनालाई तीव्रता दिन हरसम्भव कोशिस गर्ने प्रतिबद्धता पनि जनाए।
यसअघि देउवा र मोदीबीच हैदरावाद हाउसमै ‘वान टु वान’ वार्ता भएको थियो। दुई नेताबीचको एक्लाएक्लै वार्तापछि परराष्ट्रमन्त्री, राजदूतसहितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो।