रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
राजनिति

गैरपत्रकार खारेज गर्न अभियान चलाइन्छः आचार्य



राजनिति   1 पटक पढिएको        

भक्तपुर, भदौ ८ नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले गैरपत्रकार खारेज गर्ने अभियान सञ्चालन गर्ने बताएका छन्।

गैरपत्रकार खारेज गर्न अभियान चलाइन्छः आचार्य


रफत सञ्चार क्बलले महासङ्घका पदाधिकारीको सम्मानमा बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष आचार्यले अबदेखि महासङ्घको सदस्यता वितरण एवं नवीकरणमा सार्वजनिक सुनुवाइमार्फत पत्रकार भएको पुष्टि गरेर मात्र सदस्यता वितरण गर्नेमा जोड दिए।

अध्यक्ष आचार्यले भने, ‘पत्रकारिता पेशालाई नै शुद्धीकरण गर्न अबदेखि सार्वजनिकरुपमा सुनुवाइ गरेर मात्र महासङ्घको सदस्यता प्रदान गर्नेछौँ, यस अभियानबाटै अब गैरपत्रकार पाखा लाग्नेछन्।’ उनले अझै पनि पत्रकारको पेशागत र भौतिक सुरक्षा नभएको भन्दै पत्रकारको पेशागत सुरक्षालाई महासङ्घले पहिलो मुद्दा बनाउने बताए।

महासङ्घका उपाध्यक्ष दिलीप थापामगरले महासङ्घलाई कुनै पार्टी र व्यक्तिको घर होइन पवित्र मन्दिर बनाउने बताउँदै पत्रकारको हकहित र सुरक्षाका लागि निरन्तर संघर्ष गर्ने र प्रेस स्वतन्त्रता पहिलो मुद्दा बनाउने दाबी गरे।

महासङ्घका महासचिव रमेश विष्टले महासङ्घले पत्रकार र सञ्चारमाध्यम दुवै पक्षलाई सक्षम बनाएर अगाडि बढाउने बताए। उनले साना लगानीका सञ्चारमाध्यमलाई सक्षम बनाएर अगाडि बढ्न सहयोग गर्ने उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखा अध्यक्ष पुष्कराराज बुढाथोकी, रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले महासङ्घले गैरपत्रकार प्रवेश गर्ने ढोका बन्द गर्दै श्रमजीवी पत्रकारको हकहितमा लागनुपर्नेमा जोड दिएका थिए। रासस










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2188957 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top