रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ     कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न      १२ किलो गाँजा सहित दुइ पक्राउ     सम्झना दासलाई श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन     नेपाल कम्युनिष्ट पार्टीको प्रदेश नं 2 को अध्यक्षमा विकास पुरूष विकाश प्रेमी माननीय प्रभु साह      पाँच वर्षमा १८ सय कम्पनी खारेज     सरकार र आन्दोलनरत सवारी चालकबीच आठ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता     मन्त्री मगरको निर्देशनमा ७५ वटै जिल्लाका सयौं अस्पताल र उद्योगमा आकस्मिक अनुगमन      संघीय निजामती ऐनको मस्यौदामा थप छलफल गरिने      संसद खड्का बिकास तथा प्रबिधी समितीको सभापती     अख्तियारद्वारा १ लाख घुस रकम सहित रंगेहात महानगरपालिका शिक्षा फाँटका २ अधिकृत सहित ३ पक्राउ   
अन्तर्राष्ट्रिय

देउवाको भारत भ्रमणप्रति चीनको शुभेच्छा



अन्तर्राष्ट्रिय   26 पटक पढिएको        

बेइजिङ, भदौ ७ प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि सुरू पाँच दिने भारत भ्रमणप्रति चीनले शुभेच्छा प्रकट गरेको छ। हाल चीन र भारतबीच दोक्लम विवाद जारी रहेको अवस्थामा प्रधानमन्त्री देउवाको भारतको राजकीय भ्रमणप्रति निकै ध्यानाकर्षण भैरहेको बेला चीनले यस्तो शुभेच्छा प्रकट गरेको हो।

देउवाको भारत भ्रमणप्रति चीनको शुभेच्छा


‘एकाईसौं शताब्दीको अन्तर्राष्ट्रिय सम्बन्ध शून्य प्रतिस्पर्धाको हुन सक्दैन’, चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले बुधबार बेइजिङमा भनिन्, ‘नेपाल र भारतबीचको सम्बन्ध स्वस्थ रुपमा विकसित हुँदै जानु चीनका लागि खुशीको कुरा हो।’

चीनले नेपाललाई विगतमा पनि आफ्नो दक्षिणी छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन सुझाव दिँदै आएको थियो। नेपाल र भारतबीचको स्वस्थ सम्बन्धबाटै आफू लाभान्वित हुनसक्ने चीनको सोचाइ रहेको बेइजिङका कतिपय विश्लेषकहरूले पनि बताउँदै आएका छन्।

हालसालै भारतीय संचारमाध्यमहरूले एक पेटी एक मार्गको प्रारूपमा चीनले नेपालमाथि भारी मात्रामा लगानी खन्याउन खोजेको भन्दै चिन्ता प्रकट गरेका थिए। उनीहरूले चीनको नेपाल आगमनलाई रोक्नुपर्ने दवाव भारतसामु परेको टिप्पणी पनि गरिरहेका छन्।

यस सम्बन्धमा बेइजिङमा परराष्ट्र प्रवक्ता ह्वाले भनिन्, ‘यो २१औं शताब्दीमा शून्यमा आधारित खेल कहिं पनि हुनसक्दैन, जीरो–समको खेल हो भने त्यससँग कसले प्रतिष्पर्धा गर्छ?’

दोक्लमको विवादमा दिल्लीले काठमाडौँलाई आफुतिर तान्न प्रयास गर्ने र काठमाडौँ त्यसमा एकदमै तटस्थ रहनुपर्छ भन्ने आवाज उठिरहेका बेला बेइजिङले कुटनीतिक रुपमा अर्थपूर्ण प्रतिक्रिया दिएको हो।

नेपालका प्रधानमन्त्रीले औपचारिक रुपमा भारत भ्रमण गरिरहेका बेला चीन संभवत्ः पहिलो पटक यसरी औपचारिक रुपमा बोलेको हो।

बेल्ट एण्ड रोड इनिसियटिभ्स खुल्ला तथा समावेशी परियोजना भएकाले क्षेत्रीय मुलुकहरूका लागि पनि उत्तिकै आवश्यक भएको प्रवक्ता ह्वाको भनाइ छ। उनले थपिन्, ‘विशेष गरी साझा विकास लक्ष्य र समृद्धिका लागि यस सिद्धान्तमा स्वेच्छिक रूपमा सामेल हुने जो कसैलाई पनि चीनले स्वागत गर्छ।’

भारत र चीन दुवै चीनका लागि महत्वपूर्ण छिमेकी भएको बताउँदै प्रवक्ता ह्वाले चीन र भारतबीचको सम्बन्ध स्वस्थ रुपमा विकसित हुँदै गएको देख्न पाउँदा चीनलाई पनि खुशी लाग्ने बताइन। ह्वाले भारतले पनि चीन–नेपाल सम्बन्ध शान्तिपूर्ण बाटोमा अघि बढेको देख्न सकोस् भन्ने कामना पनि गरिन्।










सम्बन्धित शिर्षक समाचारहरु
  • ४० हजार घुससहित शिक्षा समन्वय अधिकारी साह पक्राउ

    २५ असोज, वीरगञ्ज । वीरगञ्जबाट शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी लालबाबु प्रसाद साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग
    समाज
    391    
  • कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न

    राम विश्वास मुखिया / रौतहटको राजदेवी नगरपालिका वडा न ९ ब्रहम्पुरीमा रहेको माध्यमिक विद्यालय ब्रहम्पुरीमा एक कार्यक्रमका बीच कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्राप्त २० ओटा कम्प्युटर हस्तान्तरण तथा कम्प्युटर कक्षाको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । विश्व शिक्षाको
    समाज
    30    


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2362387 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top