रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
राजनिति

राहतमा राजनीति नगर्न स्वस्थ्यमन्त्री पोखरेलको आग्रह



राजनिति   3 पटक पढिएको        

महोत्तरी, भदौ ७ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बाढी पीडितलाई प्रदान गरिने राहतमा राजनीति नगर्न आग्रह गरेका छन्। बुधबार महोत्तरीका बाढी पीडितको अवस्थाका बारेमा जानकारी लिन पुगेका मन्त्री पोखरेलले बाढी र पहिरो पीडितहरुलाई मानवीय संवेदनाका हिसाबले सहयोग गर्न आग्रह गरे।

राहतमा राजनीति नगर्न स्वस्थ्यमन्त्री पोखरेलको आग्रह


सुनसरीमा राहत वितरणमा पार्टीगत हिसाबले विभेद गरिरहेको समचार बाहिर आइरहेका बेला स्वास्थ्यमन्त्री पोखरेलले राजनीतिक आस्था नहेरी मानवीयताका हिसाबले सहयोग गर्न आग्रह गरे।

‘बाढीले धेरै नेपाली जनताको जीवन प्रभावित बनाएको छ’, उनले भने, ‘पीडितका नममा राजनीति नगरौँ बरु सक्दो सहयोग गरौँ।’ उनले जनताको पीडामा साथी बन्न राजनीतिक दलका नेता कार्यकर्तालाई आग्रह समेत गरे।

महोत्तरीको जनप्रतिनिधि समेत रहेका मन्त्री पोखरेलले त्यहाँका बाढी पीडितको अवस्थाको बारेमा जानकारी लिएका थिए। उनले लोहरपट्टी गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरको उद्घाटन समेत गरे।

बाढीका कारण महोत्तरीमा ९ जनाले ज्यान गुमाएका छन् भने हजारौँ मानिस प्रभावित बनेका छन्।

सरकारले बाढी र पहिरो पीडितलाई उद्धार राहत र पुनःस्थापनाको कार्य अगाडि बढाइरहेको जानकारी दिँदै उनले त्यसमा सहयोग पु¥याउन आग्रह समेत गरे।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2188928 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top