रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 राजनीतिक समस्यालाई सम्बोधन नगरि सम्वृद्धिका कुरा गर्नु सपना मात्रैः यादव     ओली सरकारका १०० दिन     गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थाल्योः सिटौला     दबंग ३ का लागि सोनाक्षी दुब्लाएर झिरिप्प     ओलीले भनेः दुई चारवटा डल्ला के फ्याक्न पाएको थियो सन्दीप चम्क्यो     कर्मचारीको सक्षमता निर्धारण अध्ययन शुरु      नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र     कस्तो रह्यो ओली सरकारको हनिमुन अवधि?     पाँच वर्षसम्म यो सरकार हल्लिँदैनः प्रचण्ड     यी हुन् नेकपाको केन्द्रीय समितिमा पर्न सफल १७ जोडी     हरेक स्थानिय तहमा सुशासन र सूचनाको पालना हुनपर्छ – प्रजिअ रिजाल    
राजनिति

संशोधन विधेयक पारित हुनेगरी ल्याइएकै होइनः उपेन्द्र यादव



राजनिति   1 पटक पढिएको        

काठमाडौँ, भदौ ५ संघीय समाजवादी फोरम नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयक आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्नेगरी नल्याइएको बताएका छन्। यद्यपि उनले आफ्नो पार्टीले संशोधनको पक्षमा मतदान गर्ने बताए।

संशोधन विधेयक पारित हुनेगरी ल्याइएकै होइनः उपेन्द्र यादव


व्यवस्थापिका संसदमा बोल्दै अध्यक्ष यादवले संविधानको स्वीकारोक्ति बढाउन नसक्ने बताए। उनले भने, ‘अहिले संघीयताको खोलभित्र विकेन्द्रीकरणको अभ्यास गर्न खोजिदैँछ। तर यो प्रस्तावले नागरिकता, संघीय संरचना, निर्वाचन प्रणालीजस्ता कुनै पनि समस्या समाधान गर्दैन। यो प्रस्ताव पारित हुनेगरी पनि ल्याइएको होइन। चुनाव आएको छ, हामीले प्रस्ताव त ल्याएकै हौँ, फलानाले दिएन भन्नलाई मात्र ल्याइएको हो।’

तथापि संशोधन प्रस्ताव संविधान अपूर्ण रहेको प्रमाण भएकोले आफ्नो पार्टीले त्यसको पक्षमा मतदान गर्ने बताए।

‘तीन दलको अहंकार र ९० प्रतिशतको दम्भलाई भत्काउनका लागि यो प्रस्ताव चुनौती बनेको छ। संविधान अपूर्ण छ, त्यसमा अनेकौँ संशोधन आवश्यक छ भन्ने कुरा यसले बताइदिएको छ। त्यसैले विधेयक असफल भए पनि हामी पक्षमा मत हाल्छौँ,’ यादवले भने।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2188974 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top