रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 गृहमन्त्रीले ठेकेदारलाई भनेः सच्चिएर काम गर्नुहोस् नत्र कारबाही भोग्न तयार हुनुहोस्     यमुनामाई गाउँपालिकाका नायब सुब्बा भन्डारी आन्दोलनमा     समाजवादी कांग्रेसले सरकारविरुद्ध आन्दोलन गर्ने      शक्तिशाली विकास निर्माण प्राधिकरणको जिम्मा बामदेबलाई दिने तयारी      आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिँदै     वार्षिक साढे छ लाखले गर्छन् लोकसेवा आयोगको परीक्षाको तयारी     केन्द्रीय सदस्यमा हेरफेर गर्दै नेकपा     मधेस फाउन्डेसनले गराए दुई बालबालिकालाई विद्यालय भर्ना     मत्सरीवासी अहिले सम्म पाएन लालपुर्जा     ओलीले भने: गणतन्त्र मनाउने समितिमा बस्न पूर्वराजालाई भेटेरै प्रस्ताव राख्छु      जनतालाई मिनी सिंहदरवारको अनुभुती गराएर नै छाड्छु– अध्यक्ष मुखिया   
राजनिति

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तयः सिमानाका बाँध प्राथमिकतामा



राजनिति   9 पटक पढिएको        

काठमाडौँ, भदौ ५ प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा उठाउने एजेन्डा तय भएको छ। सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले भारत भ्रमणका एजेन्डा तय गरेको हो।

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तयः सिमानाका बाँध प्राथमिकतामा


बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मन्त्री परिषदले प्रधामन्त्रीको भारत भ्रमण अनुमोदन गरेको जानकारी दिए।

उनले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा मुख्य गरेर सिमानका बाँधले उत्पन्न समस्याका बारेमा कुरा गर्ने जानकारी दिए। उनले भने, ‘सप्तकोशी र लक्ष्मणपुर बाँधले पु¥याएको क्षतिका बारेमा कुरा गर्ने मूख्य रुपमा छलफल हुनेछ।’

उनले कोशी बाँध बनाउँदा भारतले स्थानीय जनतालाई ५० करोड दिने भने पनि अहिलेसम्म नदिएको भन्दै त्यसबारे पनि कुरा उठाउने निर्णय गरेको जानकारी दिए।

त्यसैगरी नेपाल–भारत रेलवे, पञ्चेश्वर जलविद्युत परियोजना, १९५० को सन्धि, सुपुदर्गी सन्धि लगायतका विषयमा पनि छलफल हुने मन्त्री बस्नेतले जानकारी दिए।

उनले भूकम्पपछि भारतले दिने भनेको सहयोग अहिलेसम्म पनि प्राप्त नभएको भन्दै त्यस विषयमा पनि कुरा उठाउने बताए।

प्रधानमन्त्री देउवा बुधबार भारतको पाँच दिने राजकीय भ्रमणमा जाँदैछन्। चौथोपटक प्रधानमन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।

भारतीय बाँका कारण तराई धेरैजसो भूभाग डुवानका परिरहेको समयमै हुन लागेको उनको यो भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2183156 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top