रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
अर्थ

भारतले रोकेको बुलेट १ महिनाभित्र सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन



अर्थ   2 पटक पढिएको        

काठमाडौं/०२, भदौ / व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली नम्बरका ग्यास बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । शुक्रवार संसद सचिवालय

भारतले रोकेको बुलेट १ महिनाभित्र सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन

 सिंहदरवारमा बसेको समितिको बैठकले भारतीय असहयोगका कारण रोकिएका ग्यास बुलेट सञ्चालनमा ल्याउन परराष्ट्र मन्त्रालय र आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
२०७३ साल असारमा नेपाल आयल निगमले ७ सय ७५ वटा खाना पकाउने एलपी ग्यास बोक्ने बुलेट सञ्चालनका लागि स्वीकृति दिएको थियो । जसअनुसार झण्डै आधा संख्याका बुलेट तयार भइसक्दा पनि सञ्चालनका लागि अनुमति पाउन सकेका छैनन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अर्डर दिइएका ७ सय ७५ वटै बुलेटमध्ये ४ सय बुलेट निर्माण भई भारत सरकारको विष्फोट खतरामूक्त प्रमाणपत्र (एक्स्प्लोसिभ सर्टिफिकेट) को पर्खाइमा छन् । निर्माण भएको ८ महिना कटिसक्दा पनि ती बुलेटले उक्त प्रमाणपत्र पाउन सकेका छैनन् । एक्स्प्लोसिभ सर्टिफिकेटबिना बुलेटले ग्यास बोक्न पाउँदैनन् ।

समितिले निर्माण भइसकेका बुलेट सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको यही भदौ सात गते हुन लागेको भारतीय भ्रमणमा यस विषयलाई प्राथमिकताका साथ उठाउन पनि समितिले निर्देशन दिएको छ ।

व्यवसायीहरूले लामो समयदेखि रोकिएका बुलेट सञ्चालनका लागि सरकारसँग माग गरिरहेका छन् । व्यवसायीका अनुसार ७ सय ७५ वटा बुलेटमा झण्डै ५ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।

त्यस्तै, शुक्रवारको बैठकले समिति अन्तर्गत गठित आपूर्ति तथा उपभोक्ता हित उपसमितिसँग समन्वय गरी नेसनल ट्रेडिङ कर्पोरेसनको भूमिका पुनरावलोकन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

मुलुकका दूर्गम भेगमा खाद्यान्न ढुवानीमा पारदर्शिता र अनुसाशन कायम गर्न, बजार अनुगमनलाई चूस्त बनाउन र चाडबाडको समयमा शुपथ मूल्य पसललाई प्रभावकारी बनाउन पनि आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272443 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top