रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 सिमरामा नापी र मालपोत कार्यालय स्थापना गर्न निजगढ नगरपालिकाका भ्रस्ट नगर प्रमुख सुरेश खनाल नै बाधक     देवाही गोनाही नपा र मौलापुर नपामा ईलाका प्रहरी कार्यालय स्थापना हुने      भ्रष्ट्र लेखापाल कुशवाहा र समाजिक सुरक्षा हिनामिना गर्ने हरेन्द्र यादवको कटहरिया नपामा दादागिरी     पूर्व सांसद आलमको निधनप्रति राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित     डा.केसीको जीवनरक्षाको विषयमा पहल गर्न राजपालार्इ पत्र      प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक     कार्यालय बाहिर चेक काटेको भन्दै नगर प्रमुख यादव सहित ५ समातिए     दुर्गा भगवती गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न     जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर ठाकुर पक्राउ     प्रदेश २ मा प्रदेश प्रहरी भर्ना गर्न ऐन स्वीकृत     संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने बाटो देखाउन सरकारलाई त्रिपाठीको चुनौती   
अर्थ

कृषि विकास बैक चन्द्रपुर शाखा ४ करोड नाफामा



अर्थ   47 पटक पढिएको        

चन्द्रनिगाहपुर/२५,साउन/ रौतहटको चन्द्रनिगाहपुरमा रहेको कृषि विकास बैकको शाखाले आर्थिक वर्ष २०७३÷०७४ मा ३ करोड ९१ लाख नाफा गरेको छ । सोही आर्थिक वर्षमा १५ करोड ८५ लाख निक्षेप संकलन र ६९ करोड ६ लाख कर्जा लगानी गरेको छ । बैकले कृषी क्षेत्रमा ८ करोड ६५ लाख १५ हजार, माछा पालनमा ३१ लाख, उत्पादनमा ९ करोड ४३ लाख, सेवा क्षेत्रमा २ करोठ ७५ लाख र थोक तथा खुद्रा व्यापार

कृषि विकास बैक चन्द्रपुर शाखा ४ करोड नाफामा

 र अन्य विविध शिर्षकमा गरि २७ करोड ५१ लाख कर्जा लगानी गरेको लेखा प्रशासनका प्रमुख प्रविण श्रेष्ठले बताउनुभयो ।


कर्जा लगानीमा कृषि विकास बैकले विभिन्न सेवा सुविधा दिने गरेकाले पनि ऋण लिने ग्राहकको संख्या बढी रहेको उहाँले बताउनुभयो । ४ हजार ८ सय निक्षेपकर्ता (खाता खोल्नेको संख्या संख्या) रहेको एक हजार ४ सय जना कर्जा ग्राहक रहेको उहाँले जानकारी दिनुभयो । बिपन्न तथा समान्य लेखपढ गर्ने जानेका ग्रामिण भेगका बासिन्दाको समेत यस बैकमा पहँुच पुगेकाले ग्राहक सेवा व्यवस्थापनमा सुधार गरेको उहाँले बताउनुभयो ।


निशुल्क खाता खोल्न सकिने भएकाले पनि पछिल्लो समयमा खाता खोल्न र चेकवुक लानेको संख्या बढ्दै गएको शाखाका प्रमुख श्रीकान्त पण्डितले बताउनुभयो । कृषी विकास बैक चन्द्रनिगाहपुरले आर्थिक वर्ष २०७४÷०७५ मा २० करोड निक्षेप, ७८ करोड लागनी र ४ करोड नाफा गर्ने लक्ष्य लिएको छ । यता कृषि विकास बैक गरुडा शाखाले ०७३÷०७४ मा करोबारबाट ४ करोड, ६३ लाख २५ हजार मुनाफा गरेको छ । हालसम्मको कुल लगानी २९ करोड ८७ लाख ५३ हजार ४ सय रुपैयाँ रहेको र निपेक्ष रकम १ करोड ४६ लाख १३ हजार संकलन भएको शाखाका प्रमुख उमाशंकर गुप्ताले जानकारी दिनुभयो । गरुडा शाखामा १ हजार ४ सय २५ ग्राहक आवद्ध रहेको तथ्यांकमा उल्लेख छ । माओबादी द्धन्दकालमा तत्कालिन कटहरिया शाखा समेत गरुडा शाखामा मर्ज भएको थियो । कृषि विकास बैकले अहिले आधुनिक सेवा, अनलाईन सुविधा, एसएमएस अर्लट, मोवाईल बैकिङ्ग, ईसिसि तथा सेयर कारोबार गर्ने सकिने लगायतका सेवा सुविधा दिदै आएको छ ।
साभार :  कलमपाटी









सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2272447 times visited !

Praveen Kumar Sharma, Exeuctive, 9801023044
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top